default_image

8 years ago

April 17, 2018

सेल्टाको घरेलु मैदानमा मेस्सीको परीक्षा

91 views

0 Bookmark

भिगो (एजेन्सी) – ला लिगा अन्तर्गतको खेलमा आज बार्सिलोनाले सेल्टा भिगोको घरेलु मैदानमा खेल्दैछ। खेल नेपाली समयानुसार रातको १२:४५ मा सुरु हुँदैछ। बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले यस खेलमा केही दबाब महसुस गर्नेछन्। 

messi Celta

सेल्टाको घरेलु मैदानमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले सन् २०१३ यता गोल गर्न सकेका छैनन्। २०१२/१३ को सिजनमा सेल्टासँगको २-२ को बराबरीमा मेस्सीले पछिल्लो पटक सेल्टाको घरेलु मैदान इस्टाडियो बालाइडोसमा गोल गरेका थिए। त्यसपछि इस्टाडियो बालाइडोसमा तीन खेलमा मेस्सीले गोल गर्न सकेका छैनन्।

बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भने मेस्सीको आँकडा बलियो छ। पछिल्लो ५ वर्षमा उनले सेल्टाविरुद्ध ७ गोल गरेका छन्।

बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्देले यस खेलमा एन्द्रेस इनियेस्टा, इभान राकिटिक, जेरार्ड पिके र सर्जियो बुस्केलाई विश्राम दिएका छन्। यसै शनिबार सेभिल्ला विरूद हुने कोपा डेल रे’को फाइनललाई प्राथमिकतामा राख्दै उनले पहिलो टोलीका केही खेलाडीहरुलाई विश्राम दिएका हुन्।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.