default_image

8 years ago

April 18, 2018

बार्सिलोना बराबरीमा रोकियो

106 views

0 Bookmark

भिगो (एजेन्सी) – सेल्टा भिगोको घरेलु मैदानमा अधिकांश पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएपछि बार्सिलोना २-२ को बराबरीमा रोकिएको छ। १० खेलाडीमा सिमित बार्सिलोना पछिल्लो ४० खेलमा अपराजित छ।

barcelona celta

बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्देले लियोनल मेस्सी र लुइस स्वारेजलाई बेन्चमा राखेका थिए भने, आन्द्रेस इनियेस्टा, इभान राकिटिक, सर्जियो बुस्केट र जेरार्ड पिकेलाई विश्राम दिएका थिए। शनिबार सेभिल्लासँगको कोपा डेल रे’ फाइनलका लागि भाल्भार्देले अधिकांश पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएका हुन्।

बार्सिलोनालाई ३६ औं मिनेटमा औसमाने डेम्बेलेले अग्रता दिलाए पनि पहिलो हाफको अन्तिम मिनेटमा घरेलु टोलीका जोनाथन क्यास्ट्रो ओट्टो (जोनी) ले बराबरी गोल गरेका थिए।

दोस्रो हाफमा फ्रान्सिस्को अल्कासरले ६४ औं मिनेटमा बार्सिलोनालाई पुनः अग्रता दिलाए। खेलको ७१ औं मिनेटमा सेल्टाका स्ट्राइकर आइगो आसपासलाई फाउल गरेपछि बार्सिलोनाका फुल ब्याक सर्जी रोबर्टो सोझै रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए। १० खेलाडीमा सिमित बार्सिलोनाविरुद्ध उनै आसपासले ८२ औं मिनेटमा बराबरी गोल गरे।

खेलको ६० औं मिनेटमा फिलिप कौटिन्होको स्थानमा मैदान प्रवेश गरेका मेस्सीले सेल्टाको घरेलु मैदानमा फेरी गोल गर्न सकेनन्।  सन् २०१३ यता मेस्सीले सेल्टाको घरेलु मैदान इस्टाडियो बालाइडोसमा गोल गर्न सकेका छैनन्।

शिर्षस्थानमा बार्सिलोनाको ३३ खेलमा ८३ अंक छ भने सेल्टा ४४ अंक सहित ८ औं स्थानमा छ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.