8 years ago
April 18, 2018
ब्राइटन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत ब्राइटनको घरेलु मैदानमा टोटेनह्याम हटस्पर १-१ को बराबरीमा सिमित भएको छ। टोटेनह्यामका ह्यारी केनले अग्रता दिलाएपनि घरेलु टोलीका पास्कल ग्रसले बराबरी गोल गरे।
केनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा ब्राइटनले स्पर्सलाई रोकेपनि केनको नजिकबाटको प्रहार गोलमा परिणत भएको थियो। केनको प्रिमियर लिगमा यस सिजनको २६ औं गोल हो।
घरेलु टोलीले भने ग्रसको बलियो पेनाल्टीबाट बराबरी गर्यो। सर्ज औरियरले होजे इज्क्युर्डोलाई बक्समा लडाएपछि पाएको पेनाल्टीलाई ग्रसले गोलमा परिणत गरे। उनको पेनाल्टीमा स्पर्सका किपर ह्युगो लोरिसले बल छोएपनि रोक्न सकेनन् ।
बराबरीसँगै ब्राइटन रेलिगेसनबाट ८ अंक टाढा पुगेको छ। ३६ अंक सहित ब्राइटन १३ औं स्थानमा छ। स्पर्स भने ६८ अंक सहित चौथो स्थानमा छ। तेस्रो स्थानको लिभरपुलको ७० अंक छ भने पाँचौ स्थानको चेल्सी १ खेल कम खेल्दै ६० अंक छ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]