8 years ago
April 18, 2018
साउ पाउलो (एजेन्सी)– नेयमारले रसिया विश्व कपका लागि आफु समयमै ठिक हुने विश्वास व्यक्त गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर बैशाखीको साहारामा साउ पाउलोमा मंगलबार चिनियाँ इलोक्ट्रोनिक ब्रान्ड टिसिएलको प्रबद्र्धनको कार्यक्रममा सहभागी हुन पगेका थिए । ब्राजिलियन सुपरस्टारले आफु मेको दोस्रो सातासम्म मैदानमा फर्कने अपेक्षा गरेका छन् । यद्दपी शल्यक्रियापछिको अन्तिम परिक्षण भने बाँकी रहेको छ ।
फेब्रुअरीमा मार्सेलाई ३–० ले हराएको खेलमा उनीलाई खुट्टामा चोट लागेको थियो । उपचारका लागि स्वदेश फर्केका उनले रियो दि जेनेरियाको एक अस्पतालमा शल्यक्रिया गराएका थिए । उनको चोट ठिक हुने क्रममा रहेको विश्वास गरिएको छ । रसिया विश्व कप अघि नै उनी आफु मैदानमा फर्कने विश्वास व्यक्त गरेका छन् ।
‘ठ्याकै यहि दिनबाट फर्कने भन्ने त भएको छैन । मेरो अन्तिम परिक्षण बाँकी छ । यदि म गलत छैन भने मे १७ पछि के हुन्छ भन्न सकिन्छ,’ उनले थपे,‘चोट कसरी ठिक भइरहेको छ भन्ने अबको परिक्षणले थाहा हुनेछ । कहिले परिक्षण भन्ने अझै थाहा छैन ।’
उनले विश्व कपमा आफुलाई टेलिभिजनमा हेर्न पाइने विश्वास पनि दिलाए । ‘मलाई आशा छ विश्वकपमा मलाई टेलिभजनमा देख्न पाइनेछ,’ उनले थपे,‘ तयारी गर्ने धेरै समय अझै छ । म पहिला भन्दा पनि राम्रो अवस्थामा फर्कने छु ।’
ब्राजिलले जुन १७ मा स्विट्जरल्यान्डको सामना गर्दै रसिया विश्व कपको सुरुआत गर्नेछ । जसमा नेयरमा फिट भएर खेल्ने अेपक्षा गरिएको छ । समूहमा क्रोएसिया र सर्बिया रहेका छन् । पछिल्लो साता उनी विना पिएसजीले लिग वानको उपाधि जितेको थियो । अघिल्लो सिजनको विजेता मोनाकोलाई ७–० ले हराउँदै पिएसजीले ५ खेल अघि नै उपाधि जितेको थियो ।
जुन दिन पिएसजीले उपाधि पक्का गर्दै थियो नेयमार भने सामाजिक सञ्जालमा फोटो अपलोड गरिएका थिए । जसको पिएसजीका क्रिस्टोफे डुग्रेले चर्को आलोचना गरे । फ्रान्सका लागि १९९८ मा विश्वकप जितेका डुग्रेले ओलचना गर्ने क्रममा नेयरमारलाई नेतृत्वकर्ता मान्न नहुने तर्क गरे । ‘उपाधि जित्ने खेलमा उनी उनी त्यहाँ थिएनन्,’ उनको आरोप थियो, ‘नेयरमालाई कसरी नेतृत्वकर्ता मान्न सकिन्छ । यो कुनै एकल खेल होइन । ’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]