8 years ago
April 18, 2018
लण्डन (एजेन्सी) – प्रोफेसनल फुटबलर्स असोसियसन (पिएफए) ले आज प्रिमियर लिगको ‘टिम अफ द इयर’ सार्वजनिक गरेको छ । प्रिमियर लिगको उत्कृष्ट खेलाडीहरु सम्मिलित टोलीमा च्याम्पियन टोली म्यानचेस्टर सिटीबाट सर्वाधिक ५ खेलाडी रहेका छन् । त्यस्तै टोटनह्यामबाट ३ खेलाडी रहेका छन् भने म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीबाट १-१ खेलाडी उत्कृष्ट ११ मा परेका छन् ।
पिएफए टिम अफ द इयर:
गोलकिपर
डेभिड डे गेया (म्यानचेस्टर युनाइटेड)
यस सिजन म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलकिपर डे गेया उत्कृष्ट लयमा छन् । ३३ खेल खेलिसक्दा उनले सर्वाधिक १६ ‘क्लिन सिट’ राखेका छन् । यस सिजन उनका केहि बचाउहरुले विश्वभरिका विश्लेषक र समर्थकलाई अचम्मित बनाएको पनि छ ।
डिफेन्स
कायल वाकर (म्यानचेस्टर सिटी) – जान भर्टोनघेन (टोटनह्याम) – निकोलस ओटामेन्डि (म्यानचेस्टर सिटी) – मार्कोस अलोन्सो (चेल्सी)
यस सिजन प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले १४ ‘क्लिन सिट’ राख्न सफल भएको छ । ‘टिम अफ द इयर’मा सिटीका दुई डिफेन्डर सम्मिलित भएका छन् – निकोलस ओटामेन्डि र कायल वाकर । यी दुई खेलाडी सिटीको सिजनभरि सर्वाधिक खेल खेलेका दुई डिफेन्डर पनि हुन् । ओटामेन्डीले ४ गोल गरेका छन् भने वाकरको ६ असिस्ट पनि रहेको छ ।
त्यस्तै ओटामेन्डीलाई मध्य डिफेन्समा टोटनह्यामका जान भर्टोन्घेनले साथ दिएका छन् । १३ ‘क्लिन सिट’ राख्न सफल भर्टोन्घेन लिगमा तेस्रो उत्कृष्ट टोटनह्यामको डिफेन्सको मुख्य खेलाडी रहेका छन् । त्यस्तै डिफेन्सको बायाँतर्फ चेल्सीका विंग ब्याक मार्कोस अलोन्सो रहेका छन् । रक्षात्मकभन्दा पनि आक्रामक खेलका लागि चिनिने अलोन्सोले यस सिजन ६ गोल प्रहार गरिसकेका छन् ।
मिडफिल्ड
डेभिड सिल्भा (म्यानचेस्टर सिटी) – केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी) – क्रिस्टियन एरिक्सन (टोटनह्याम)
‘टिम अफ द इयर’ को मध्यपंक्तिमा पनि म्यानचेस्टर सिटीका दुई खेलाडी रहेका छन् – केभिन डि ब्रुयन र डेभिड सिल्भा । थियरी हेनरीको सिजनभरि २० असिस्टको रेकर्ड तोड्न नजिक रहेका डि ब्रुयनको यस सिजन १५ असिस्ट रहेको छ । त्यसैगरी सिटीको मिडफिल्डको रचनात्मक जिम्मेवारी बोकेका अर्को महत्त्वपूर्ण खेलाडी रहेका हुन् डेभिड सिल्भा । सिल्भाको यस सिजन ८ गोल र ११ असिस्ट रहेको छ । टिम अफ द इयरको मध्यपंक्तिमा टोटनह्यामका एरिक्सन पनि रहेका छन् । टोटनह्यामका लागि यस सिजन लिगमा उनले ११ गोल र ९ असिस्ट गरेका छन् ।
फरवार्ड
मोहम्मद सालाह (लिभरपुल) – ह्यारी केन (टोटनह्याम) – सर्जियो अगुएरो (म्यानचेस्टर सिटी)
यस सिजन लिभरपुलका मोहम्मद सालाह जादुयी लयमा रहेका छन् । सबै प्रतियोगितामा ४० गोल गरेका सालाहको लिगमा ३० गोल र ९ असिस्ट रहेको छ । सालाहको यस सिजनको प्रदर्शनले उनलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै तुलनामा उभ्याएको छ ।
त्यसैगरी अग्रपंक्तिमा टोटनह्यामका ह्यारी केन पनि रहेका छन् । केनले अघिल्लो दुई सिजनमा लिगको गोल्डेन बुट जितेका थिए भने अघिल्लो सिजन युरोपियन गोल्डेन बुट जितेका थिए । यस सिजन प्रिमियर लिगमा गोल्डेन बुट जित्न भने उनी सालाहभन्दा ५ गोलले पछाडी रहेका छन् ।
फरवार्ड लाइनको तेस्रो स्थानमा अगुएरो रहेका छन् । अगुएरोले लिगमा केनभन्दा ८ सय मिनेट र सालाहभन्दा ६ सय मिनेट कम खेले पनि तेस्रो सर्वाधिक २१ गोल गरेका छन् । अहिले घाइते रहेका अगुएरो सिजनको अन्त्यभन्दा अघि फर्किने भने अनिश्चित रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]