default_image

8 years ago

April 19, 2018

रोनाल्डोको गोलमा रियल हारबाट जोगियो

106 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले खेल सकिन तीन मिनेट बाँकी रहेको अवस्थामा गोल गरेपछि रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओसँग बराबरी खेलेको छ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार १-१ को बराबरी खेलेसँगै रियल दोस्रो स्थानको एटलेटिको म्याड्रिडभन्दा ६ अंकले पछाडी पर्ने सम्भावना बढेको छ ।

बिल्बाओले घरेलु मैदानमा १४ औं मिनेटमा अग्रता लिएको थियो । इनाकी विलियम्सले उत्कृष्ट चिप गोल गर्दै टोलीलाई अगाडी बढाए । दोस्रो हाफमा राउल गार्सियाले प्रहार गरेको सट क्रसबारमा लग्नु घरेलु टोलीको लागि दुर्भाग्य रहयो । त्यसअघि खेलको आठौं मिनेटमा रोनाल्डोको हेडर क्रसबारमा लागेको थियो । खेलको ८७ औं मिनेटमा लुका मोड्रीचले गरेको लामो प्रहारलाई रोनाल्डोले पोस्टको दिशा दिंदै रियलको हार टारेका थिए ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई सुरुआती रोजाईमा खेलाएपनि ग्यारेथ बेललाई बेन्चमा राखेका थिए । खेलमा पछाडी परेपछि बेल दोस्रो हाफमा बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका थिए । रियलले यसपटक लिग उपाधिबाट हार मानिसकेको अवस्था छ । रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न म्युनिखको खेललाई प्राथमिकतामा राखेको हो ।

लिगमा रियलले ३३ खेलमा ६८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एटलेटिकोले ३२ खेलमा ७१ अंक बनाएको छ र आज रियल सोसीडाडविरुद्ध उत्रने तयारीमा छ । लिगको शीर्षस्थानमा रहेको बार्सिलोना ३३ खेलमा ८३ अंकसहित लिग उपाधि नजिक पुगिसकेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.