default_image

8 years ago

April 19, 2018

पोग्बाको व्यवहारप्रति मोउरिन्हो रुष्ट

86 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत बर्नमाउथविरुद्ध २-० को जितमा पल पोग्बाले उत्कृष्ट खेल पस्किए । तर यो सबका बाबजुद प्रशिक्षक जोसे मोउरिन्हो पोग्बाको व्यवहार देखेर रुष्ट बने ।

पोग्बाले खेलमा उत्कृष्ट प्रदर्शन गरेसँगै प्रशिक्षक जोसे मोउरिन्होले उनलाई ८० औं मिनेटमा परिवर्तन गरे । पोग्बाले बेन्चमा आउने क्रममा केहि प्रशिक्षण टोलीका सदस्यसँग हात मिलाए तर मोउरिन्होलाई वास्ता नगरी बेन्च छाडेर ड्रेसिङ रुमतर्फ लागे । मोउरिन्हो उनको यो व्यवहार देखेर रिसाए र पोग्बालाई तुरुन्त बेन्चमा फिर्ता आउन भने । प्रशिक्षकको आदेश अनुसार पोग्बा केहि क्षणमै बेन्चमा फर्किए ।

खेलपछि पोग्बा म्यान अफ द म्याच भएको सोध्दा मोउरिन्होले मुख बंग्याउँदै उनको प्रशंसामा केहि शब्द खर्चिए । ‘पोग्बाको प्रदर्शन राम्रो थियो । सिटीविरुद्धको खेलमा पनि पोग्बाले राम्रो खेलेका थिए । म् म्यान अफ द म्याच कसलाई दिने भन्नेमा दखल राख्दिन तर यो राम्रो निर्णय हुनुपर्छ,’ मोउरिन्होले भने ।

गत साता वेस्ट ब्रोमसँग युनाइटेड पराजित भएपछि म्यानचेस्टर सिटीले उपाधि जित्ने पक्का भएको थियो । उक्त खेलमा युनाइटेडको प्रदर्शन निकै खराब रहेको थियो । पल पोग्बाले वेस्ट ब्रोमविरुद्ध गरेको प्रदर्शनलाई लिएर पल स्कोल्सले पनि आलोचना गरेका थिए । स्कोल्सले बुधबार भने उनको प्रशंसा गरे । ‘यदि पोग्बालाई आजजस्तो प्रदर्शन सबै खेलमा दिने हो भने उनी विश्वकै उत्कृष्ट खेलाडी बन्नेछन्,’ स्कोल्सले भने ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.