8 years ago
April 19, 2018
पेरिस (एजेन्सी) – फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) लगातार चौथो वर्ष फ्रेन्च कपको फाइनल पुगेको छ । बुधबार केनलाई ३-१ ले पराजित गर्दै पिएसजीले फाइनल यात्रा तय गरेको हो ।

पछिल्लो तीन संस्करणको उपाधि जितेको पिएसजीका लागि किलियन एमबाप्पेले सुरुआती अग्रता दिलाएका थिए । उनले २५ औं मिनेटमा एडिन्सन कभानीको क्रसलाई सदुपयोग गर्दै सुरुआती अग्रता दिलाए । इस्माएल डियोमान्डेले ४३ औं मिनेटमा बराबरी गोल फर्काए ।
दोस्रो हाफमा एडिन्सन कभानीकै पासमा एमबाप्पेले गोल गर्दै खेलमा पिएसजीलाई पुन: अगाडी बढाए । खेलको इन्ज्युरी समयमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै पिएसजीको जित पक्का गरे । नेयमारको अनुपस्थितिमा एमबाप्पे र कभानीले पेरिसको आक्रमण सम्हालिरहेका छन् ।
फ्रान्सेली लिगको उपाधि पक्का गरिसकेको पिएसजीले अब मे ८ मा फ्रेन्च कपको फाइनल खेल खेल्नेछ । फाइनलमा पिएसजीले तेस्रो श्रेणीको क्लब लेस हर्बिएर्सको सामना गर्दैछ । पिएसजीले पछिल्लो ६ सिजनमा १४ उपाधि हात पारेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]