default_image

8 years ago

April 19, 2018

रोनाल्डोको गोलमा व्यक्तिगत कीर्तिमान बराबरी

111 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले एथ्लेटिक बिल्बाओसँग ‘ब्याकहिल फ्लिप’ गोल गर्दै रियललाई घरेलु मैदानमा हारबाट जोगाए। उक्त गोलसँगै पोर्चुगेली फरवार्ड रोनाल्डोले करियरको व्यक्तिगत कीर्तिमान बराबरी गरेका छन्। 

यो गोलसँगै उनले लगातार १२ औं खेलमा गोल गरेका छन्। यो उनको करियरको उत्कृष्ट हो। उनले पछिल्लो १२ खेलमा हरेकमा गोल गर्दै २२ गोल गरेका छन्। उनले ला लिगामा भने ८ औं खेलमा लगातार गोल गरेका हुन्।

यस क्रममा उनले रियल सोसिड्याडविरुद्ध ३ गोल, च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पिएसजी विरुद्ध २, रियल बेटिस विरुद्ध १, अलाभेस विरुद्ध २, गेटाफे विरुद्ध २, दोस्रो लेगमा पिएसजी विरुद्ध १, ऐबर विरुद्ध १, जिरोना विरुद्ध ४, च्याम्पियन्स लिग क्वाटर फाइनल पहिलो लेगमा युभेन्टस विरुद्ध २, एथ्लेटिको म्याड्रिड विरुद्ध १, दोस्रो लेगमा युभेन्टस विरुद्ध १, र एथलेटिक बिल्बाओ विरुद्ध १ गोल गरे।

ला लिगामा रोनाल्डोले यस सिजन २४ गोल गरिसकेका छन्। प्रतियोगितामा ढिलो लय समातेका रोनाल्डो यस सिजनका उच्च गोलकर्ता लियोनल मेस्सी भन्दा ५ गोल पछि छन्।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.