default_image

8 years ago

April 23, 2018

बार्सिलोना छोड्ने इनियस्टाको निर्णय छिट्टै आउने !

104 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका चर्चित मिडफिल्डर आन्द्रे इनियस्टा क्लब छोड्ने घोषणाको अत्यन्त निकट रहेको बताइएको छ । सेभिल्लाविरुद्ध गए राती कोपा डेल रेको फाइनल खेलेका इनियस्टाको लागि बार्सिलोनामा त्यो नै अन्तिम फाइनलका रुपमा समेत हरिएको थियो ।

५–० ले जितेको त्यो खेलमा इनियस्टाले एक गोल गर्नुका साथै म्यान अफ दी म्याच प्रदर्शन गरेका थिए । क्लब छाड्ने इनियस्टाको निर्णयलाई उनका पिताले पनि सहि समयमा लिएको उचित कदम भनेका छन् ।

इनियस्टाले केहि दिनमा औपचारिक निर्णय सार्वजनिक गर्ने विश्वास गरिएको छ । उनका पिता जोस एन्टोनियले सहि समयमा आफनो छोराले क्लब छाड्न लागेको बताए ।कोपा डेल रेको फाइनलपछि समर्थकले उठेर ताली बजाउँदै उनीप्रति उच्च सम्मान देखाएका थिए ।

‘उनी फरक निर्णय गर्ने तयारीमा छन्,’ इनियस्टाका पिताले अन्तवार्ताका क्रममा भनेका छन्,‘यदि उनले छाड्ने बाटो रोजेका छन् भने त्यसको सम्मान हुनुपर्दछ । मलाई लाग्छ यो उनका लागि सहि समय हो । यद्दपी यो आफैमा सहज काम होइन । उनले अर्को साता सम्म आफ्नो निर्णय सार्वजनिक गर्नेछन् ।’

उनले छोराको प्रदर्शनको पनि तारिफ गरे । ‘ उनले फाइनलमा पहिलो गोल गरे । उनका लागि यो राम्रो हो,’ उनले थपे,‘अब खेल सकिएको छ । म एकदम खुसी छु । उनले राम्रो गरेका छन् । उनले आफ्नो शैलीमा खेले ।’

ला लिगाको अफिसियल इन्स्टाग्राम ह्यान्डलबाट पनि इनियस्टाले क्लब छोड्ने पक्का भएको उल्लेख गरेको छ । इनियस्टा आफैले पनि बार्सिलोनामा यो अन्तिम हुन सक्ने बताउँदै आएका छन् । विश्व कप विजेता समेत रहेका इनियस्टा चिनिया सुपर लिग टोली चोङक्विङ लिफानमा आबद्ध हुने सम्भावना रहेको बताइएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.