8 years ago
April 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – उच्च अदालत पाटनले एन्फा अन्तरिम आदेश खारेज भएमा अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन यसै महिना हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार विज्ञप्ती जारी गर्दै रिट निवदेकहरुले माग गरेको विषय बस्तु र उच्च अदालतको आदेशको भावना समेत समावेश भइसकेकोले निर्वाचन बैशाख २२ गते गर्न सक्ने निर्णय गरेको उल्लेख गरेको छ ।
निर्वाचन समितिका संयोजक, सह संयोजक र सदस्यले हस्ताक्षर गरि जारी गरेको विज्ञप्तीमा उच्च अदालतको आदेश बमोजिम चैत १४ गतेका लागि तय भएको निर्वाचन स्थागित गरेको स्मरण गर्दै भक्तपुर र मकवानपुर जिल्ला संघले आ आफ्नो मताधिकार प्रतिनिधि र प्रतिनिधिहरुको नामावली समेत एन्फामार्फत निर्वाचन समितिले प्राप्त गरिसकेको उल्लेख गरेको छ ।
आफ्नो प्रतिनिधित्वको माग गर्दै भक्तपुरका अध्यक्ष गौतम सुजखु र मकाउनपुरका तत्कालिन उपाध्यक्ष मनीष श्रेष्ठले दायर गरेको रिटका आधारमा उच्च अदालतले एन्फा निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि मकवापुरको चैत २३ र भक्तपुरको चैत २७ गते निर्वाचन सम्पन्न भएको थियो । नयाँ परिस्थिति पछि एन्फाले अन्तमरिम आदेश खारेज गर्न उच्च अदालतमा निवेदन दिइसकेको छ ।
यदि उच्च अदालतले यसअघिकै अन्तरिम आदेश खारेज नभई निरन्तरता दिएको अवस्थामा भने निर्वाचन समितिले बैशाख २२ गते निर्वाचन गर्न नसक्ने पनि सोही विज्ञप्तीमा उल्लेख गरिएको छ । एन्फाको चुनावी मैदानमा दुई प्यानल रहेका छन् । सस्थापन पक्षबाट वरिष्ठ उपाध्यक्ष मणि कुवँर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । १७ सदस्यीय केन्द्रिय समितिका लागि हुने निर्वाचनमा महिला सदस्य भने निर्विरोध निर्वाचित भइसकेकी छिन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]