8 years ago
April 23, 2018
अमृत चिमरिया
हेटौंडा – हेटौडामा यसै साता भेट्रान राष्ट्रिय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । मदन भण्डारी स्र्पोट्स एकेडेमी मकवानपुरले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै को आयोजना बिहिबारबाट प्रतियोगिता आयोजना गर्ने जानकारी दिइयो ।
एकेडेमीका अध्यक्ष तथा प्रतियोगिताका संयोजक निरजसिंह ठकुरीले प्रतियोगितामा देश भरका १२ वटा टोलीको सहभागिता रहने जानकारी दिए । प्रतियोगिताको विजेताले ५० हजार दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ तथा हरेक खेलको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्ष माथिका खेलाडी भाग लिने प्रतियोगिता हेटौंडाको हुप्र चौरमा हुने बताइएको छ । प्रतियोगितामा ४ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
सहभागी टोलीलाई आयोजकले आवासिय सुविधा दिने बताइएको छ । हेटौंडाको ऋद्धिसिद्धि सिमेन्ट मुख्य प्रायोजक रहेको प्रतियोगिताको आवासिय सेवा पशुपति गेष्ट हाउस र प्राविधिक सहयोग जिल्ला खेलकुद विकास समिति मकवानपुर र मकवानपुर जिल्ला फुटबल संघले गर्ने बताइएको छ ।
प्रतियोगितामा आकर्षणको रुपमा पूर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह, नरेश जोशी, हरि खड्का समेत हेटौंडा आउने बताइएको छ । प्रतियोगितामा मदन भण्डारी स्र्पोट्स एकेडेमी, भेट्रान सिटि विरगंज, युवा स्र्पोट्स क्लब विरगंज, सिमरा भेट्रान सिमरा, चौधरी भेट्रान जितपुर, चपुर भेट्रान रौतहटले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै अभिषेक चर्च नवलपरासी, चितवन भेट्रान चितवन,विरगंज युथ एकेडेमी पर्सा, हेटौंडा भेट्रान मकवानपुर, कैलाली भेट्रान कैलाली र वगर भाई खलक पोखरा कास्कीले पनि भाग लिएका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]