default_image

8 years ago

April 25, 2018

पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक -सन्दीप, किरणसहित पाँच खेलाडीबीच प्रतिस्पर्धा

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङसहित पाँच अलग अलग खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । 

people's choice 2074

अर्को महिना हुने अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पत्रकार सम्मेलनमार्फत पिपुल्स च्वाइस अवार्ड मनोनयन सार्वजनिक गरेको हो । सन्दीप, किरणसँगै मनोनयमा पर्नेमा भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र टेबल टेनिसका स्यान्टु श्रेष्ठ छन् ।

२०७४ सालभरि गरिएको प्रदर्शन र पाएको चर्चाको आधारमा पिपुल्स च्वाइस विधाको लागि खेलाडी छनोट गरिएको मञ्चले जानकारी दिएको छ । मनोनयमा पर्ने सबै खेलाडी आ आफ्नो खेलका कारण वर्षभर चर्चामा रहन सफल भएका थिए ।  मिनेरवा पञ्जाब एफसीलाई भारतको आइ लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका किरणले त्यसअघि माल्दिभ्सको धिवेही प्रिमियर लिग पनि खेलेका थिए ।

भलिबल टोलीका नियमिति सदस्य मानबहादुरले घरेलु प्रतियोगितामा उच्च प्रदर्शन गरेका थिए । प्रतिभा नेपाली महिला गल्फरमा नम्बर एक खेलाडी हुन् । व्यावसायिक गल्फ ‘सूर्य नेपाल गल्फ टुर’को छनोट खेल्ने उनी पहिलो महिला नेपाली खेलाडी हुन् । उनी फाल्डो सिरिज नेपालकी विजेता हुन् ।

सन्दीप वर्ष भर युवा र राष्ट्रिय टोलीमा गरेको प्रदर्शनका कारण चर्चामा रहे । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली डेयरडेभिल्समा आबद्ध उनी र क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा पनि खेल्ने तयारीमा छन् । उनले २०७४ सालमा कुल ८६ विकेट लिएका थिए ।

स्यान्टु ३९ औं राष्ट्रिय टेबलटेनिसमा पुरुष सिंगल्स, डबल्स र टिम स्पर्धामा स्वर्ण पदक जितेका थिए । उनी टेबल टेनिसमा आशा गरिएका खेलाडी हुन् । मञ्चले यसमा विजेता छनोट गर्ने विधिलाई विगतमा भन्दा केहि परिवर्तन गरिएको बताइएको छ । यसअघि एसएमएस र फेसबुक लाइक्सको आधारमा विजेता छनोट हुँदै आएको थियो ।

यसपटक एसएमएस, फेसबुक लाइक्स, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्य सदस्यको मतका आधारमा विजेता छनोट गरिनेछ । एसएमएस र लाइक्सको मतभार ५० प्रतिशत बनाइएको मञ्चले जनाएको छ । चार फेसबुक लाइक्सको मतभार १ एसएमएस बराबर हुनेछ ।

त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा समावेश खेलका प्रशिक्षकहरू र मञ्चका सबै सदस्य पनि पिपुल्स च्वाइसमा निर्णायक बन्न पाउने व्यवस्था गरिएको छ । प्रशिक्षक र मञ्चका सदस्यको मतभार २५–२५ प्रतिशत रहने बताइएको छ ।

पिपुल्स च्वाइस अवार्डको लागि मतदान प्रक्रिया आजै सुरु भएको छ र २०७५ साल जेठ २ गते मध्यरातसम्म एसएमएस गर्न पाउने व्यवस्था रहेको मञ्चले जनाएको छ । एसएमएसका लागि मञ्चले सोही पत्रकार सम्मेलनमा टिएचटी लाइभ ३७७२२ सँग सम्झौता गरेको छ ।

NSJF THT

मञ्चका सचिव राजु घिसिङ संयोजक तथा निरञ्जन राजवंशी, हिमेशरत्न बज्राचार्य, प्रजित शाक्य, सरिता श्रेष्ठ, आदर्श ढकाल र प्रज्वल ओली सदस्य रहेको खेलाडी छनोट समितिले केही दिनमा अन्य चार विधामा मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्ने बताइएइको छ ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको मुख्य प्रायोजनमा हुने अवार्डमा बर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा अवार्ड प्रदान गरिनेछ । पारा, स्पेसल र लाइटाइभ एचिभमेन्टको विजेताको घोषणा भने जेठ ३ को अवार्डमै गरिने बताइएको छ ।

यसअघि जेठ ४ गते भने पनि अवार्ड प्राविधिक कारणवश एक दिन अघि सारिएको मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिए । विगतमा जस्तै वर्षका उत्कृष्ट पुरुष, महिला ,पिपल्स च्वाइस अवार्ड र बर्षका उत्कृष्ट प्रशिक्षकले पल्सर मोटरसाइकल तथा अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

nsjf people choice

पल्सर स्पोर्टस् अवार्ड २०७४, पिपुल्स च्वाइसमा मनोनयनमा परेका खेलाडी
किरण कुमार लिम्बु, फुटबल
Kiran Chemjong
–भारतको आई लिग च्याम्पियन । मिनेरवा पञ्जाव एफसीबाट ८ खेलमा सहभागी, सातमा पहिलो रोजाईमा खेलेको ।
–टीसी स्पोर्टस्बाट माल्दिभ्सको धिवेही प्रिमियर लिग खेलेको । लिग, एफए कप र प्रेसिडेन्टस् कपमा उपविजेता
–राष्ट्रिय टिमको एसियन कप २०१९ छनोटका पाँचै खेलमा पहिलो रोजाईका गोलकिपर
मान बहादुर श्रेष्ठ, भलिबल
Man Bahadur Shrestha
–राष्ट्रिय भलिबल टिमको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–० हङकङलाई २–० र मकाउलाई १–० ले पराजित गर्दा उत्कृष्ट प्रदर्शन
–त्रिभुवन आर्मी क्लबलाई बर्षका ६ प्रतियोगितामध्ये पाँचमा उपाधि जिताउन महत्वपूर्ण योगदान ।
–एनभीए लिग, ३१ औं राष्ट्रिय भलिबल र एनभीए कपमा सर्बोत्कृष्ट खेलाडी
प्रतीमा शेर्पा, गल्फ
Pratima Sherpa
–नेपाली महिला गल्फकी नम्बर १ खेलाडी
–व्यावसायिक गल्फ ‘सूर्य नेपाल गल्फ टुर’को छनोट खेल्ने पहिलो महिला
–फाल्डो सिरिज नेपालकी विजेता । फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलमा सहभागी
–अमेरिकी गल्फर टाइगर उड्सले प्रशंसा–पत्र पठाएको । बृत्तचित्र र अन्तर्राष्ट्रिय मिडियामा छाएकी
सन्दीप लामिछाने, क्रिकेट
Sandeep Lamichhane
–इन्डियन प्रिमियर लिग (आईपीएल) र क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा आबद्ध
–२०७४ सालमा कुल ८४ विकेट लिएको (सच्याइएको) । आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा २४ विकेट ।
–विश्व क्रिकेट लिग डिभिजन २ मा १७ विकेट । प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी । नेपालको लागि लिस्ट ए कै बलिङ (केन्याविरुद्ध ५–२०)
– विश्वकप २०१९ छनोटमा १३ विकेट, विश्व क्रिकेट लिगमा ५, एसीसी यू–१९ एसिया कपमा ९, एसीसी यू १९ इस्टर्न रिजनमा १६ विकेट
स्यान्टु श्रेष्ठ, टेबलटेनिस
Santoo Shrestha
–३९ औं राष्ट्रिय टेबलटेनिसमा पुरुष सिंगल्स, डबल्स र टिम स्पर्धामा स्वर्ण
–ठमेल ओपन च्याम्पियनसिपमा पुरुष सिंगल्स र टिम स्पर्धामा पहिलो
–नवौं पूर्णमान स्मृति खुला टेबलटेनिसमा दोस्रो
कुन खेलाडीलाई कसरी भोट गर्ने ?
To vote for Sandeep Lamichhane type PULSAR<space>SL and sms to 37722
To vote for Kiran Chemjong type PULSAR<space>KC and sms to 37722
To vote for Pratima Sherpa type PULSAR<space>PS and sms to 37722
To vote for Man Bahadur Shrestha type PULSAR<space>MS and sms to 37722
To vote for Santoo Shrestha type PULSAR<space>SS and sms to 37722

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.