8 years ago
April 25, 2018
इलाम (हाम्रो खेलकुद)– गत वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लब चौथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । इलामको ठूलो टुडिखेलमा बुधबार युनाइटेड सिक्किमलाई ३–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
आर्मीको जितमा दीनेश हेन्जन, नवयुग श्रेष्ठ र कप्तान भरत खवासले तथा पराजित टोलीका लागि इन्द्रजित क्षेत्रीले गोल गरे । फाइनल प्रवेशका लागि आर्मीले शुक्रबार अर्को ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।
दीनेशको गोलमा १५ औैं मिनेटमा आर्मीले खेलमा अग्रता लिएको थियो । तर इन्द्रजित ले ७१ औं मिनेटमा सिक्किममका लागि बराबरी गोल गरेका थिए । तर त्यो अग्रता पनि लामो समय टिकेन । नवयुगले ७६ औं मिनेटमा गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए ।
भरतले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै आर्मीको जित पक्का गरे । आर्मीका सन्तोष तामाङ खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । आर्मीले गत वर्ष मोसफलका ७ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । माइभ्याली फुटबल क्लबले आयोजना गरेको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।
माइभ्याली गोल्डकपमा शनिबार अन्तिम क्वार्टरफाइनल
रुस्लान थ्री स्टारविरुद्ध नेपाल पुलिस
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]