8 years ago
April 26, 2018
लिभरपुल (एजेन्सी)– लिभरपुलका स्टार मोहम्मद सालाह अहिले विश्वकै उत्कृष्ट खेलाडी भएको क्लबका महान खेलाडी स्टेफन जेरार्डले बताएका छन् । सालाहको उच्च प्रदर्शनबाट प्रेरित लिभरपुलले मंगलबार राती च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रोमालाई ५–२ ले हराएको थियो ।
रोमाविरुद्ध २ गोल गरेका इजिप्टियन स्टारले यो सिजन सबै खेलमा गरि ४३ गोल गरिसकेका छन् । क्लबका लागि रोबेर्टो फेर्मिनाले २ र साडियो मानेले १ गोल गरेका थिए । घरेलु मैदानमा सानदार जितपछि योर्गन क्लबको टोलीले च्याम्पियन्स लिग फाइनल पुग्ने सम्भावनालाई बलियो पारेको छ । यद्दपी टोलीले रोमाको मैदानमा अग्रतालाई जोगाउने चुनौतिको सामना गर्नुपर्नेछ ।
सन् २००५ मा लिभरपुलले च्याम्पियन्स लिग उपाधि जित्दाका कप्तान समेत रहेका जेरार्डले साहालको तारिफ गर्ने क्रमा अहिलेको समयका उत्कृष्ट खेलाडी भएको बताए । उनले सालाहलाई आफ्नो फर्मलाई कायम राख्न पनि सल्लाह दिएका छन् ।
‘उनी खेल जीवनको उच्च फर्ममा छन् । सालाहलाई क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीसँग तुलना गर्न कठिन हुन्छ , किनकि उनीहरुले लामो समयदेखि एकरुपताको प्रदर्शन गरिरहेका छन्,’ उनले भने, ‘तर, छायाँमा नपरि अहिलेको समयमा साहाल विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’
सालाह प्रिमियर लिगको यो सिजनका उत्कृष्ट खेलाडी हुन् । हालै मात्र उनी पिएफए प्लेयर अफ दी अवार्डबाट सम्मानित भएका थिए । च्याम्पियन्स लिगमा पनि उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । लिभरपुललाई च्याम्पियन्स लिग उपाधि दिलाउन सके साहाल बालोन डी ओरका दाबेदार बन्न सक्नेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]