default_image

8 years ago

April 26, 2018

च्याम्पियन्स लिग – बायर्नको घरेलु मैदानमा रियल विजयी

103 views

0 Bookmark

म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगमा दोस्रो सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले बायर्न म्युनिखको घरेलु मैदानमा २-१ को जित हात पारेको छ। रियलको जितमा मार्सेलो र असेन्सियोले गोल गरे। 

asensio

घरेलु टोली बायर्नलाई जोसुवा किमिचले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रियलका किपर केलर नाभासको गलत बुझाईका कारण किमिचले बायर्नलाई अग्रता दिलाए। दाँया विङ्गबाट बल दौडाएका किमिचले असहज एङ्गलबाट आफैंले प्रहार गर्दै क्रसको आशा गरेका नाभासलाई बिट गर्दै गोल गरेका थिए। रियलका मार्सेलोले ४४ औं मिनेटमा गोल गर्दै पहिलो हाफ बराबरीमा सकाए। बक्स नजिकबाट बाँया खुट्टाको उनको उत्कृष्ट प्रहार गोलमा परिणत भयो।

दोस्रो हाफमा मार्को असेन्सियोले ५७ औं मिनेटमा रियललाई दोस्रो अवे गोल दिलाए। बक्सको बाँयाबाट फार पोस्टमा घरेलु टोलीका किपर उल्रेकलाई बिट गर्दै उनले रियललाई अग्रता दिलाए।

रियल र बायर्नबीचको दोस्रो लेगको खेल मेको पहिलो दिनमा हुनेछ। खेल नेपाली समय अनुसार रातीको १२:३० मा सुरु हुनेछ।

हाइलाइट्स

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.