default_image

8 years ago

April 26, 2018

युरोपा सेमिफाइनलमा आर्सनल र एट्लेटिको भिड्दै

105 views

0 Bookmark

लन्डन (एजेन्सी) – युरोपा लिगको सेमिफाइनलमा इंग्ल्यान्ड र स्पेनका दुई ठूला क्लब आमने-सामने हुँदैछन् । प्रिमियर लिगको छैटौं स्थानमा रहेको आर्सनल र स्पेनिस लिगको दोस्रो स्थान ओगटेको एट्लेटिको म्याड्रिड फाइनलमा स्थान बनाउन भिड्न लागेका हुन् । बिहीबार राती हुने पहिलो लेग आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुँदैछ ।

आर्सनलका मेसुट ओजील, ज्याक विल्सियर र पिटर चेकले आइतबार वेस्ट ह्यामविरुद्धको खेल चोटका कारण गुमाएपनि तीनै खेलाडी यस खेलका लागि उपलब्ध छन् । चेल्सीका पूर्व फरवार्ड डिएगो कोस्टा पनि एट्लेटिकोको २० सदस्यीय टोलीमा अटाएका छन् । प्रशिक्षक डिएगो सिमिओनीले शनिबार मात्र कोस्टा ह्यामस्ट्रीङ चोटका कारण कुनै हालतमा उपलब्ध नहुने बताएका थिए । कोस्टाले चोटका कारण ३ खेल गुमाईसकेका छन् ।

Costa

एट्लेटिको म्याड्रिडका विङब्याक जुआनफ्रान भने ह्यामस्ट्रीङ चोटका कारण उपलब्ध छैनन् । आर्सनलका हेनरिक मिखीतार्यान घुँडाको चोटका कारण पहिलो लेगमा उपस्थित हुने छैनन् । उनले दोस्रो लेगमा पुनरागमन गर्ने सम्भावना छ । वेस्ट ह्यामविरुद्ध एंकलको लिगामेन्टमा चोट लागेका मोहमद एल्नेनीले विश्वकप नखेल्ने सम्भावना बढेको छ ।

डर्टमुन्डबाट जनवरीमा आर्सनल आएका फरवार्ड पिएर एमेरिक औबामेयाङ प्रतियोगितामा खेल्न पाउने छैनन् । यसअघी बोरुसिया डर्टमुन्डका लागि खेलेका कारण उनी दर्शकदिर्घामा रहेर खेल हेर्नेछन् । यस सिजन युरोपा लिगमा सर्वाधिक २९ गोल गरेको आर्सनलको आक्रमण एल्क्जेन्डर लाकाजेटले सम्हाल्नेछन् । प्रशिक्षकका रुपमा आर्सेन वेंगरले पहिलो पटक एट्लेटिको म्याड्रिडको सामना गर्दैछन् ।

एट्लेटिको प्रशिक्षक सिमिओनीले हालसम्म इंग्ल्यान्डको मैदानमा युरोपेली खेलमा हार बेहोरेका छैनन् । उनले यसअघि खेलेका ३ खेलमा १ जित र २ बराबरी खेलेका हुन् । कोस्टाले आर्सनलविरुद्ध खेलेका ६ खेलमा ३ गोल गरेको तथ्यांकले पनि टोलीलाई सहयोग पुग्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.