8 years ago
April 26, 2018
म्युनिख (एजेन्सी) – रियल म्याड्रिडविरुद्ध युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल सुरु हुनुअघि बायर्नलाई खेलाडीको चोटले सताएको थियो । रियलविरुद्धको खेलमा तीन खेलाडी चोटका कारण बाहिरीपछि बायर्न थप समस्यामा पारेको छ ।

खेलको छैटौं मिनेटमा विङ्गर आर्जेन रोबेनलाई गुमाएको बायर्नले उनको स्थानमा थियागोलाई मैदानमा उतारेको थियो । ३४ वर्षीय रोबेनको अनुपस्थितिका कारण बायर्नको आक्रमण केहि कमजोर देखिएको थियो । ३४ औं मिनेटमा डिफेन्डर जेरोम बोटेङ पनि चोट लागेपछि मैदान बाहिरिए । उनको स्थानमा निकलास सुल मैदान प्रवेश गरेका थिए । खेलको १५ मिनेट समय बाँकी रहँदा जाभी मार्टीनेज कन्कसनको शिकार बनेपछि कोरेन्टिन टोलिसोले उनको स्थान लिएका थिए ।
जर्मन पत्रिका स्पोर्ट विल्डका अनुसार रोबेन खेल हुँदै रंगशालाबाट बाहिरिएका थिए । बायर्नका एक्ला गोलकर्ता जोसुआ किमिचले रोबेनको अनुपस्थितिका कारण बायर्नको रणनीति सफल हुन नसकेको बताए । ‘ रोबेन खेलको सुरुआतमै चोट बोकेर बाहिरिनु दुर्भाग्यपूर्ण थियो । उनले विपक्षी खेलाडीलाई आफूतिर तान्दा मलाई खेल्न निकै सहज हुने थियो,’ उनले भने ।

प्रशिक्षक जुप हाइन्कसका अनुसार बोटेङले दोस्रो लेगमा फर्कने सम्भावना निकै कम छ । ‘उनको मांशपेसीमा चोट लागेको हुनाले अर्को खेलको लागि ठिक हुने सम्भावना एकदम कम छ । उनको अनुपस्थितिले टोलीलाई निकै असर पर्छ,’ प्रशिक्षकले भने । रोबेनको चोटबारे भने अझै विस्तृत विवरण आउन बाँकी छ । मार्टिनेजले भने केहि दिन विश्राम लिएपछि मैदानमा फर्कन सक्ने अवस्था छ ।
बायर्न र रियलबीचको सेमिफाइनल दोस्रो लेगको खेल अर्को साता रियलको घरेलु मैदानमा हुँदैछ । पहिलो लेगमा २-१ ले अगाडी रहेको रियलका ड्यानी कार्भाजलले पनि चोटका कारण मैदान छाडेका थिए । उनको उपस्थितिबारे प्रशिक्षक जिदानले केहि बोलेका छैनन् ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]