default_image

8 years ago

April 26, 2018

‘इनियस्टा ब्राजिलियन हुन्थे भने बालोन डी ओर जित्थे’

113 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिड एवंम् स्पेन राष्ट्रिय फुटबल टोलीका कप्तान सर्जियो रामोसले स्पेनिस सहकर्मी आन्द्रे इनियस्टाले ब्राजिलिन नभएकै कारण बालोन डी ओर अवार्ड नजितेको विवादस्पद अभिव्यक्ति दिएका छन् ।

३३ वर्षे बार्सिलोनाका सफल खेलाडी इनियस्टाले यो सिजनको अन्त्यसँगै क्लबसँगको यात्रा अन्त्य गर्ने अनुमान गरिएको छ । बार्सिलोनामा १६ वर्ष बिताउने क्रममा इनियस्टाले थ्रुपै उपाधि जितेका छन् ।

यद्दपी दुई पटक सम्म बालोन डी ओरको अन्तिम चरणमा पुगेर पनि उनी अवार्ड जित्न असफल भएका थिए । सन् २०१० र २०१२ दुई पटक इनियस्टा शीर्ष ३ भित्र परेका थिए । स्पेनबाट रामोस र इनियस्टा धेरै खेलसँगै खेलेका छन् । एक पटक पनि अवार्ड जित्न नसक्नुलाई रामोसले दुर्भाग्य भनेका छन् ।

‘यदि आन्द्रेलाई आन्द्रेसिन्हो भनिन्थ्यो भने सायद उनले दुई पटक बालोन डी ओर जित्ने थिए,’ बुधबार राती बायर्न म्युनिखविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा २–१ को सफलता प्राप्त गरेपछि रियलका कप्तानले यस्तो प्रक्रिया दिएका हुन् ।

बार्सिलोनाका लागि सबै खाले खेलमा गरि ६ सय ६९ खेल खेलेका इनियस्टाले ५७ गोल गरेका छन् । उनले खेल जीवनमा ८ वटा ला लिगा उपाधि, ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् । राष्ट्रिय टोलीका लागि १ सय २९ खेल्ने क्रममा उनले सन् २०१० को विश्वकप तथा २००८ र २०१२ मा युरोपियन च्याम्पियनसिप जितेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.