8 years ago
April 26, 2018
इलाम (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब चौथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन क्लब नेपाल पुलिसलाई टाइब्रकेरमा ४–३ ले हराउँदै थ्री स्टार अन्तिम आगमा पुगेको हो । निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएको खेलमा थप १५ मिनेटमा पनि कुनै गोल हुन सकेन ।
पेनाल्टी थ्री स्टार भाग्यशाली सावित भयो । थ्री स्टार विमल घर्तीमगर, रजिन धिमाल, रुपेश केसी र नीराजन खड्काले गोल गरे । थ्री स्टारका सुनिल बलले गोल गर्न सकेनन् । पुलिसका लागि तेज तामाङ, रजिन सुब्बा र दिनेश राजवंशीले गोल गरे । पुलिस सुमन लामा र हेम तामाङले गोल गर्न सकेनन् ।
त्यसअघि पुलिसले खेलमा लिएको सुरुवाती अग्रता जोगाउन सकेन । २६ औं मिनेटमा रजिन सुब्बाको गोलबाट पुलिस अघि लागेको थियो । तर, खेल सकिन १६ मिनेट बाँकी रहँदा रजिन धिमालले बराबरी गोल गर्दै थ्री स्टारलाई खेलमा फर्काएका थिए । थ्री स्टारका गोलकिपर एलेन न्यौपाने खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]