8 years ago
April 26, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनल अन्तर्गत पहिलो लेगमा रियल म्याड्रिडले बायर्न म्युनिखको घरेलु मैदानमा २-१ को अग्रता लियो। सामान्यतया अवे खेलमा २-१ को अग्रतालाई निकै राम्रो नतिजा मानिन्छ।
तर रियल म्याड्रिडको घरेलु मैदानको नतिजा हेर्नेहो भने बायर्नविरुद्ध रियलले ‘ट्रेन्ड’ तोड्न जरुरी छ। च्याम्पियन्स लिगकै सेमिफाइनलमा युभेन्टसको घरेलु मैदानमा ३-० को सहज अग्रता लिएपनि स्यान्टियागो बर्नेबाउमा भने ३-१ ले पराजित भएको थियो। युभेन्टसले रियलको घरेलु मैदानमा उत्कृष्ट पुनरागम गरेपनि रोनाल्डोले इन्जुरी समयमा पेनाल्टी समयमा गोल गर्दै खेललाई अतिरिक्त समयमा जान रोके।
यस सिजन रियलले घरेलु मैदानमा २६ खेल खेल्दा १४ मा मात्र जित हासिल गरेको छ। आफ्नै मैदानमा ५ खेलमा पराजित भएको रियलले ७ खेल बराबरी खेलेको छ। त्यो भन्दा राम्रो नतिजा रियलले अवे मैदानमा गरेको छ। तसर्थ यो सिजन रियललाई बर्नेबाउमा फापेको छैन। रियललाई आफ्नै घरमा यो सिजन बार्सिलोना, युभेन्टस, बेटिस, भिल्लारियल र लेगानेसले हराएका छन्।
बायर्नविरुद्ध पनि दोस्रो लेग घरेलु मैदानमै हुनेहुँदा रियलले यो ‘ट्रेन्ड’ लाई तोड्न जरुरी छ। अघिल्लोपटक बायर्न रियलको घरेलु मैदानमा आउँदा २-१ को अग्रतालाई पल्टाउँदै खेल बराबरीमा पुर्याएको थियो। यद्दपी रियलले उक्त खेल अतिरिक्त समयमा जितेको थियो।
बायर्नलाई मे १ मा बर्नेबाउ निम्त्याउँनु अघि रियलले घरेलु मैदानमा ला लिगा अन्तर्गत १५ औं स्थानमा रहेको लेगानेसको सामना गर्नेछ। च्याम्पियन्स लिगको खेलअघिको यो परिक्षामा उतिर्ण हुँदै रियलले मनोबल उच्च राख्ने लक्ष्य लिएको हुनेछ। च्याम्पियन्स लिगको खेल लगतै क्याम्प नाउमा रियल र बार्सिलोना भिड्नेछ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]