default_image

8 years ago

April 27, 2018

इब्राहिमोभिचलाई विश्वकप टोलीमा नफर्काइने

98 views

0 Bookmark

स्वीडेन (एजेन्सी)– ज्लाटान इब्राहिमोभिच अन्तर्राष्ट्रिय फुटबल संयासबाट फिर्ता आउने सम्भावना टुंगिएको छ । स्वीडेनले विश्वकपका लागि उनलाई टोली नफर्काउने प्रष्ट पारेको छ ।

zlatan sweden

केहि साताअघि म्यानचेस्टर युनाइटेडबाट एलए ग्यालेक्सी पुगेका ३६ बर्षे इब्राहिमोभिचले दुई वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट संयास लिएका थिए । स्वीडेनका लागि १ सय १६ खेल खेलेका उनले केहि दिन अघि स्वीडेन फुटबल टोलीमा फर्कने इच्छा व्यक्त गरेका थिए ।

तर स्वीडन पुरुष फुटबल टोलीको अफिसियल इन्स्टाग्राम पेजमा भनिएको छ, अन्तिम सन्देश, ज्लाटानले विश्वकप खेल्ने छैनन् । राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी गोल गरेका उनी खेल्नका लागि फर्कने छैनन् ।

राष्ट्रिय टोलीका प्रशिक्षक लार्स रिच्टले भने, मैले मंगलबार ज्लाटानसँग कुरा गरेको थिए । उनले राष्ट्रिय टोली नफर्कनेमा मनस्थिति कुनै परिवर्तन नभएको बताए । युभेन्ट्स, बार्सिलोना र पेरिस सेन्ट जर्मेनका पूर्व स्टार इब्राहिमोभिचले स्वीडेनबाट सन् २००२ र २००६ को विश्वकप खेलेका थिए । देशका लागि उनले ६२ गोल गरका छन् ।

यसै महिनाको सुरुआतमा उनले रसिया विश्व कप खेल्ने इच्छा व्यक्त गरेका थिए । प्ले अफमा इटालीलाई हराउँदै स्वीडेन विश्वकपका लागि छनोट भएको थियो । विश्वकपमा स्वीडेन साविक विजेता जर्मनी, मेक्सिको र दक्षिण कोरियाको समूहमा रहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.