8 years ago
April 27, 2018
लन्डन (एजेन्सी) – युरोपा लिगको सेमिफाइनल अन्तर्गत बिहीबार एटलेटिको म्याड्रिडले आर्सनललाई १-१ को बराबरीमा रोकेको छ । घरेलु मैदानमा इमिरेट्स स्टेडियममा आर्सनलले अग्रता लिएपनि अन्तिम समयमा त्यसलाई बचाउन सकेन ।

प्रशिक्षक आर्सेन वेंगरको अन्तम युरोपियन खेलमा आर्सनल खेलको सुरुआतमै बलियो स्थितिमा थियो । दशौं मिनेटमा एटलेटिकोका डिफेन्डर सिमे भर्साल्को दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरीएपछि आर्सनललाई फाइदा पुग्यो । त्यसको केहि मिनेटमा रेफ्रीले एटलेटिकोका प्रशिक्षक डिएगो सिमिओनीलाई पनि दर्शकदिर्घामा पठाए । एक खेलाडी बढी हुनाको बावजुद आर्सनलले पहिलो हाफमा अग्रता लिन सकेन ।

दोस्रो हाफको ६१ औं मिनेटमा आर्सनलले एल्केजेन्डर लाकजेटको गोलमा अग्रता लियो । उनले ज्याक विलिसियरको क्रसलाई सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रतामा राखे । खेल सकिन ८ मिनेट बाँकी रहँदा एटलेटिकोले बराबरी गोल फर्कायो । फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिज्मनले गोल गर्दै पाहुना टोलीलाई दोस्रो लेग अगाडी बलियो स्थितमा पुर्याए ।
मे महिनामा फ्रान्सको लियोनमा हुने फाइनलमा पुग्न आर्सनलले एटलेटिकोको घरेलु मैदानमा गोल गर्नेपर्ने अवस्था छ । रक्षात्मक रुपमा कमजोर देखिएको आर्सनलले एटलेटिकोमा जित्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ । अर्को सेमिफाइनलको पहिलो लेगमा फ्रान्सेली टोली मार्सेले घरेली मैदानमा अस्ट्रियाको साल्ज्बर्गलाई २-० ले हरायो ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]