8 years ago
April 27, 2018
म्युनिख (एजेन्सी) – बायर्न म्युनिख तथा जर्मनीका डिफेन्डर जेरोम बोटेङले आगामी जुन महिनादेखि रुसमा सुरु हुने फिफा विश्वकप २०१८ गुमाउन सक्ने सम्भावना बढेको छ । बुधबार युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडविरुद्ध खेल्दा उनले चोट बोकेका थिए ।

२९ वर्षीय बोटेङ खेलको पहिलो हाफमै चोट बोक्दै बाहिरीएपछि उनको स्थानमा निक्लास सुल मैदान प्रवेश गरेका थिए । उनले सिजनका बाँकी सबै खेल गुमाउने बायर्न म्युनिखले जनाएको छ । यससँगै उनले केहि सातापछि हुने विश्वकपमा खेल्ने सक्नेबारे पनि शंका पैदा भएको छ । उनको दायाँ तिघ्राको मांशपेशीमा चोट लागेको र उक्त चोट ठिक हुन ४ देखि ६ साता लाग्ने बुझिएको छ ।
बोटेङले सामाजिक संजाल इन्स्टाग्राममा लेखेका छन्, ‘ जिन्दगीमा धेरै आरोह-अवरोह आउँछन् । तर अबको समय रसियाको लागि फिट हुन लाग्ने हो । म मेरो सबै मिहिनेत यसलाई लगाउनेछु ।’ बोटेङ जर्मनी टोलीका मुख्य डिफेन्डर हुन् । उनको प्रदर्शनकै आधारमा बायर्नले घरेलु तथा युरोपेली प्रतियोगिता र जर्मनीले अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता प्राप्त गर्दै आएका छन् ।

यस चोटसँगै उनले बायर्नको सिजनको अन्तिम खेल गुमाउने पक्का भएको छ । बायर्नले मे १९ मा जर्मन कपको फाइनल खेल्दैछ भने च्याम्पियन्स लिगको फाइनल पुगेमा खेल २६ मे मा हुनेछ । उनले दुवै खेलमा पुनरागमन गर्न नसक्ने क्लबले जनाएको छ । जर्मनीका प्रशिक्षक जोकिम लोले विश्वकप खेल्ने जर्मनीको प्रारम्भिक टोली मे १५ मा सार्वजनिक गर्ने बताएका छन् । यद्यपी फिफाले जुन ४ तारिखलाई मात्र अन्तिम औपचारिक मिति तोकेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]