8 years ago
April 27, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टेमेउले सन् २००४ यता आन्द्रे इनियस्टा क्लबका सबैभन्दा महत्वपूर्ण खेलाडी भएको बताएका छन् । यो सिजनको अन्त्यसँगै ३३ वर्षे मिडफिल्डरले क्लब छाड्ने अपेक्षा गरिएको छ । त्यसको घोषणा उनले चाँडै गर्ने अनुमान गरिएको छ ।
लामो समयदेखि क्लबका प्रभावशाली खेलाडी इनियस्टा अझै क्लबमा रहुन् भन्ने अध्यक्ष बोर्टेमेउको चाहाना छ । उनले इनियस्टाले क्लब छाड्न लागेको विषयमा केहि बोलेनन् ।
‘२००४ देखि इनियस्टा हाम्रो क्लबका महत्वपूर्ण खेलाडी रहँदै आएका छन्,’ उनले भने,‘ फ्रान्क रायकार्डको समयदेखि उनी सबैको रोजाइमा परेका छन् ।’अध्यक्ष बोर्टेमेउले इनियस्टाको भविष्यका विषयमा उनले मात्र भन्न सक्ने बताए ।
‘यो बारेमा उनले नै बोल्दा राम्रो हुन्छ । म उनलाई कुनै कुराको पनि सुझाव दिन सक्दिन,’ उनले थपे,‘ हामीले उनको सम्मान गर्नुपर्दछ । हरेक अविभावकले उनी जस्तो छोरा चाहन्छन् ।’ नयाँ चुनौतिका लागि इनियस्टाले बार्सिलोनासँगको लामो आबद्धता तोड्ने सोच बनाएका हुन् ।
बार्सिलोनामा उनले ८ ला लिगा उपाधि जितिसकेका छन् भने नवौं जित्ने क्रममा छन् । त्यस्तै उनले टोलीबाट चार वटा च्याम्पियन्स लिग उपाधि जितेका छन् । हालै मात्र सेभियालाई ५–० ले हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जित्दा इनियस्टाले पनि गोल गरेका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]