8 years ago
April 28, 2018
बार्सिलोना (एजेन्सी)– आन्द्रे इनियस्टाले यो सिजनको अन्त्यसँगै बार्सिलोनासँगको लामो यात्राको अन्त्य गर्ने घोषणा गरेका छन् । १२ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका इनियस्टाले २२ वर्षपछि औपचारिक रुपमा विदाई लिन लागेका हुन् ।
यो सिजनको अन्त्यसँगै उनले क्लब छोड्ने चर्चा केहि अघिबाटै चलेपनि शुक्रबार उनले औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । यद्दपी उनले अबको गन्तव्यका बारेका बताउँन चाहेनन् । उनी एमएलएसका लागि अमेरिका वा चीन जान सक्ने बताइएको छ ।
औपचारिक घोषणा कार्यक्रममा भावुक हुँदै इनियस्टाले भने, ‘बार्सिलोनामा यो मेरो अन्तिम सिजन भएको सार्वजनिक गर्दछु ।’ उनले आफ्ना लागि बार्सिलोना विश्वकै उत्कृष्ट क्लब भएको समेत बताए । ‘यो क्लबले मलाई सब थोक दियो । अब मेरो भूमिका यहाँ आएर टुंगिदैछ । टोलीले म भन्दा उत्कृष्ट खेलाडीको हक राख्दछ । मानसिक वा शारीरिक रुपमा म भविष्यमा आफ्नो उत्कृष्ट दिन सक्दिन ।’
उनले विदा माग्न सहज नहुने समेत सुनाए । ‘विदाई माग्न कठिन हुन्छ । क्लब र क्लबका साथीहरुलाई धन्यवाद दिन चाहन्छु । श्रीमती, परिवार र मलाई साथ दिने सबै प्रति आभारी छु,’ उनले भने, ‘सबै अवस्थामा साथ दिने समर्थकको साथ रह्यो । एउटा व्यक्तिका रुपमा यति साथ पाउनु आफैमा अश्विसनिय छ ।’

इनियस्टाले परिवार र नजिककाहरुलाई केहि अघि नै क्लब छाड्ने जानकारी दिएका थिए । कहि समय लिएर उनले टोलीका अन्य साथी र विश्वभरका सञ्चारमाध्यमलाई औपचारिक जानकारी गराए । सन् २००२ को जुलाईबाट उनीले बार्सिलोनाको सिनियर टोलीबाट खेलेका थिए । १६ सिजन क्लबमा विताउने क्रममा उनले अहिले सम्म ६ सय ७० खेल खेले ।
बार्सिलोनामा आबद्ध भएयता उनले २९ उपाधि जितिसकेका छन् । यहि बीचमा उनले ८ ला लिगा, ४ च्याम्पियन्स लिग उपाधि जितेका छन् । टोलीको कप्तानी समेत गर्दै महान खेलाडीको सुचिमा राख्न आफुलाई सफल भएका इनियस्टा बार्सिलोनको एकेडेमीबाट आएका खेलाडी हुन् ।
बार्सिलोनाले उनलाई खेल जीवनपछि पनि क्लबमै राख्न चाहेको थियो । उनलाई प्रशिक्षक इर्नेस्टो भाल्भार्डेको सहगोगीका रुपमा क्लबले हेरेको थियो । तर, सबै सम्भावनालाई पूर्णविराम लगाउँदै उनले क्लब छाड्ने निर्णय सुनाएका छन् ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]