8 years ago
April 28, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका कप्तान तथा मिडफिल्डर आन्द्रेस इनिएस्टाले सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने खुलासा गरेका छन् । उनले बार्सिलोना छाड्ने निर्णय लिएसँगै अब बार्सिलोनामा उनको स्थान कसले लिनेछ भन्ने चर्चा पनि सुरु भएको छ ।

इनिएस्टाका उत्तराधिकारीको रुपमा लिभरपुलबाट जनवरीमा आएका फिलिपे कोउटिन्होलाई हेरिंदै आएको छ । तर उनले आक्रामक जिम्मेवारीमा बढी ध्यान दिने हुनाले टोलीको क्रिएटिभ मिडफिल्ड सम्हाल्न बार्सिलोनाले यस सिजनको ट्रान्सफर विन्डोमा केहि खेलाडी भित्र्याउने सम्भावना प्रबल छ । यसका लागि बार्सिलोनाले मोटो रकम खर्चिनु पर्ने अवस्था सिर्जना भएको छ ।
इटालियन मिडफिल्डर मार्को भेराट्टी युरोपका उत्कृष्ट मिडफिल्डर मध्यका एक हुन् । २५ वर्षको उमेरमा विश्वस्तरीय खेलाडीको छवी बनाइसकेका भेराट्टी पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । उनी कठिन अवस्थामा पनि बललाई होल्ड गर्न सक्ने, राम्रो पास गर्ने र भिजन भएका खेलाडीको रुपमा परिचित छन् ।

जारी लिग वन सिजनमा उनले औसत ९२.७ पास खेलेका छन् जसमा ९१.२ प्रतिशत सफलता प्राप्त भएको छ । प्रति खेल १.३ महत्त्वपूर्ण पास र १.९ ड्रीबल गर्दै उनले आफुलाई पीएसजीको क्रिएटिभ मिडफिल्डको मुख्य हतियारको रुपमा स्थापित गरेका छन् । उनले दुई सिजनयता पीएसजीका लागि ५ गोल र १२ असिस्टको योगदान पनि दिएका छन् ।
बार्सिलोनाले गत सिजनको ट्रान्सफर विन्डोमा पनि भेर्राट्टीलाई भित्र्याउने प्रयास गरेको थियो । पिएसजीए निकै ठूलो रकमको माग गरेपछि बार्सिलोनाको ध्यान कोउटिन्होतर्फ मोडिएको थियो । तर २५ वर्षको उमेरमा युरोपको शीर्ष लिगमा २ सय बढी खेल खेलिसकेका भेर्राट्टीलाई भित्र्याउने यसपटक बार्सिलोनाले जस्तोसुकै रकम तिर्ने बुझिएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]