default_image

8 years ago

April 28, 2018

न्युकासलका राइलीको स्कोरपियन गोल पुस्कास अवार्डको दावेदार

107 views

0 Bookmark

मेलबर्न (एजेन्सी) – न्युकासल जेट्सका राइली मक्ग्रीले ए लिग अन्तर्गतको खेलमा मेलबर्न सिटीविरुद्ध उत्कृष्ट गोल गरेका छन् । अस्ट्रेलियन लिगअन्तर्गत शुक्रबार उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको स्कोरपियन किक गोलमा परिणत भएपछि न्युकासल १-० पछि पारेको स्थितिबाट खेलमा फर्केको थियो ।

मक्ग्रीले खेलको ५७ औं मिनेटमा आफ्नै टोलीका खेलाडीसँग वन-टु पास खेलाडी फर्केर आएको पासमा गरेको प्रयास गोलमा परिणत भएको थियो । उनको साथीले दिएको पास उनीभन्दा केहि पछाडी आएपनि खुट्टाको पछाडिको भागले प्रहार गरेको बल गोलरक्षकलाई बिट गर्दै पोस्टभित्र छिरेको थियो । १९ वर्षीय मक्ग्रीको गोलको मदतले खेल बराबरीमा आएको थियो । खेलमा न्युकासल विजयी हुँदै ए लिगको ग्राण्ड फाइनलमा स्थान बनाउन सफल भएको छ ।

मक्ग्री आफैं पनि गोल देखेर आश्चर्यमा पारेको बताए । ‘मेरो भाग्य बलियो भएर होला त्यो बल गोल हुन पुग्यो । म अगाडी बढिरहेको थिएँ, बल नजिकै आएकोले मैले अरु केहि नसोची प्रहार गरें र गोल भयो । गोल भएपछि एकदम खुसी लाग्यो,’ उनले सुनाए । न्युकासलका लागि अर्को गोल जेसन हफम्यानले गरेका थिए । त्यसअघि ब्रुनो फोर्नारोलीको गोलमा मेलबर्नले पहिलो हाफमा अग्रता लिएको थियो ।

गत सिजन ओलिभिएर जिरुडले सोहि प्रकृतिको गोल गर्दै फिफा पुस्कास अवार्ड हात पारेका थिए । स्कोरपियन किक निकै दुर्लभ स्किल हो र यसमा गोल गर्नु निकै कठिन मानिन्छ । मक्ग्रीको उत्कृष्ट गोलले टोलीलाई फाइनलसम्म पुग्ने ढोका खोलेको हुनाले पनि उनको गोलले पुस्कास जित्न सक्ने सम्भावना बलियो छ । गत सिजन हेनरिक मिखीतार्यानले पनि स्कोरपियन किकमा गोल गरेका थिए ।

भिडियो यहाँ हेर्नुहोस:

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.