default_image

8 years ago

April 28, 2018

म्याराडोनाले प्रशिक्षक पद छाडे

93 views

0 Bookmark

युएई (एजेन्सी) – अर्जेन्टिनी प्रशिक्षक डिएगो म्याराडोनाले संयुक्त अरब इमिरेट्स (युएई) स्थित अल फुजाईरा क्लबको प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । युएई दोस्रो डिभिजनबाट स्वत: माथिल्लो श्रेणीमा पुग्ने सम्भावना सकिएपछि म्याराडोनाले जिम्मेवारीबाट हात निकालेका हुन् ।

५७ वर्षीय विश्वकप विजेता म्याराडोनाले गतवर्षको मे महिनादेखि क्लब प्रशिक्षकको जिम्मेवारी लिएका थिए । शुक्रबार भएको खेलमा खोरफक्कानसँग १-१ को बराबरीसँगै क्लबले तेस्रो स्थानभन्दा माथि नजाने पक्का भएपछि म्याराडोनाले पद छाडेका हुन् । त्यसअघि म्याराडोनाले युएईकै अल-वासल क्लबमा एक वर्ष बिताएका थिए ।

सन् २००८ देखि २०१० सम्म अर्जेन्टिनाको राष्ट्रिय टोलीका प्रशिक्षक रहेका म्याराडोनाले टोलीलाई विश्वकपमा पनि अपेक्षाअनुसार प्रदर्शन नगरेपछि प्रशिक्षक पद गुमाएका थिए । खेलजीवनमा विवादले भरिएको उनको करियर प्रशिक्षण करियरमा पनि जारी नै रहेको छ । म्याराडोनाले अब निकट भविष्यमा प्रशिक्षण सम्हाल्नेबारे केहि नसोचेको उनको वकिलले बताएका छन् ।

Maradona Messi

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.