8 years ago
April 29, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस महारथी क्लब रियल म्याड्रिडले स्पेनिस ला लिगाअन्तर्गत शनिबार लेगानेसलाई २-१ ले पराजित गरेको छ । मंगलबार हुने च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग्का लागि मुख्य खेलाडीलाई विश्राम दिएको रियलले जित दर्ता गर्न निकै मिहिनेत गर्नुपरेको थियो ।

पहिलो हाफमा २-० को अग्रता लिएको रियलले दोस्रो हाफमा भने गोल थप्न सकेन । घरेलु मैदान सान्टियागो बर्नाबाउमा ग्यारेथ बेलले रियललाई अग्रता दिलाएका थिए । खेलको आठौं मिनेटमा ग्यारेथ बेलले भलीमार्फत गोल गरे । पहिलो हाफको अन्त्यतिर रियलका लागि युवा खेलाडी बोर्जा मायोरलले अग्रता दोब्बर पारे । मायोरालले विपक्षी खेलाडीको गल्तिको फाइदा उठाउँदै सहजै गोल गरेका थिए ।
दोस्रो हाफमा लेगानेसले आफ्नो आक्रमणलाई थप बढावा दियो । फलस्वरुप डार्को ब्रासानाकले लेगानेसलाई खेलमा फर्काए । उनले नोर्डीन अम्राबाटको क्रसमा गोल गर्दै गोलअन्तर घटाएका थिए । खेलको बाँकी समयमा गोल गर्न नसकेपछि लेगानेस पराजित भयो । खेलको अन्तिम सिठी बजेपछि लेगानेसका कप्तान ग्याब्रिएलले रातो कार्ड पाएका थिए । रियलको क्षेत्रभित्र लेगानेसको खुट्टामा बल छँदै रेफ्रीले अन्तिम सिठी बजाएको कारण ग्याब्रिएलले रेफ्रीलाई दुर्व्यवहार गरेका थिए ।

रियलले मिडफिल्डर क्यासेमिरोलाई पहिलो रोजाइमा डिफेन्सको भूमिकामा खेलाएको थियो । युवा खेलाडीको बाहुल्यता रहेको टोलीमा करीम बेन्जेमा र बेलमात्र नियमित खेलाडी थिए । गोलरक्षक फ्रान्सिस्को कासिलाले पनि केहि राम्रो बचाऊ गरे ।
यस नतिजासँगै रियलले ३४ खेलमा ७१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको ३४ खेलमा ७२ अंक छ । शीर्षस्थानको बार्सिलोनाले भने एक खेल कम खेल्दै ८३ अंक बनाएको छ । अर्को खेल जितेको अवस्थामा लिग उपाधि बार्सिलोनाको नाममा पक्का हुनेछ । चौथो स्थानमा भ्यालेन्सिया ३४ खेलमा ६६ अंकसहित लगभग सुरक्षित देखिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]