8 years ago
April 29, 2018
लिभरपुल (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुलले घरेलु मैदानमा स्टक सिटीविरुद्ध गोलरहित बराबरी खेल्दै अंक गुमाएको छ। त्यस्तै चेल्सीले भने स्वान्सी सिटीविरुद्ध ०-१ को जित निकाल्दै शिर्ष ४ को सम्भावना कायम राखेको छ।
च्याम्पियन्स लिगमा रोमाविरुद्ध ५-२ ले विजयी लिभरपुलको टोलीमा ५ परिवर्तन थियो। पहिलो हाफमा मोहोम्मद सालाहले गोल गर्ने अवसर गुमाए। वन अन वनमा सालाहले गोल गर्न सकेनन। त्यस्तै ड्यानी इङ्सले गोल गरेपनि अफसाइडका कारण रेफ्रीले उक्त गोल अस्विकार गरे। साडियो मानेलाई चोटका कारण विश्राम दिएको लिभरपुलले दोस्रो हाफमा पनि गोल गर्न नसक्दा घरेलु मैदानमा बराबरी खेल्दै अंक बाढ्न बाध्य रह्यो।
अर्को खेलमा भने चेल्सीले स्वान्सीको घरेलु मैदानमा १-० को जित हासिल हार्यो। सेस्स फ्याब्रेगासको निर्णायक गोलमा चेल्सी विजयी भयो। खेलको चौथो मिनेटको गोल नै निर्णायक साबित भयो।
प्रिमियर लिगमा गएराती भएको अन्य खेलहरुमा बर्न्ली र ब्राइटनले पनि गोलरहित बराबरी खेले भने क्रिस्टल प्यालेसले लेस्टरविरुद्ध घरेलु मैदानमा ५-० को फराकिलो जित हासिल गर्यो। एभर्टनले हडर्ल्सफिल्डलाई उसैको घरेलु मैदानमा २-० ले पराजित गर्यो भने न्युकासलले वेस्ट ब्रमलाई ०-१ तथा साउथह्यामटनले बोउर्नेमोथलाई २-१ ले हरायो।
अंक तालिकामा लिभरपुल ३६ खेलमा ७२ अंकसँगै तेस्रो स्थानमा छ। चेल्सी ३५ खेलमा ६६ अंकसहित पाँचौ स्थानमा छ भने टोटेनह्यामको ३४ खेलमा ६८ अंक छ। रेलिगासनको लडाईमा रहेको साउथह्यामटनको १८औं स्थानमा ३२ अंक छ भने एक स्थानमाथि स्वान्सीको ३३ अंक छ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]