default_image

8 years ago

April 29, 2018

च्याम्पियन्स लिगमा लिभरपुललाई रोमाको खबरदारी

95 views

0 Bookmark

रोम (एजेन्सी) – च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा एएस रोमाले घरेलु मैदानमा लिभरपुललाई निम्त्याउँदै छ । गत साता भएको पहिलो लेगमा ५-२ ले पछाडी पारेको रोमाले बुधबार उक्त स्कोरलाई समग्रमा बराबरीमा ल्याए रोमा अगाडी बढ्नेछ ।

रोमाका प्रशिक्षक इउजेबियो डी फ्रान्सेसकोले लिभरपुलविरुद्धको खेलमा रोमाले आफ्नो तर्फबाट सक्दो राम्रो फुटबल खेल्ने प्रतिवद्धता व्यक्त गरे । ‘हामीले मानसिक र शारीरिक रुपमा आफ्नो तर्फबाट सकेको जति दिनुपर्छ । बुधबार खेल सकिएर निस्कँदा हामीले आफुले सकेको सबै प्रयास गरेको अवस्था हुनुपर्छ । नतिजा जे भएपनि उक्त दिनको प्रदर्शनले हामी र समर्थक खुसी हुने आशा राखेको छु,’ उनले भने ।

यसअघि च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध पनि यस्तै अवस्थामा रोमाले ऐतिहासिक नतिजा आत्मसात गरेको थियो । उक्त खेलबाट पनि धेरै सिकेको प्रशिक्षक फ्रान्सेसकोले बताए । ‘हामीले पछिल्लो चरणमा पनि च्याम्पियन्स लिगको खेलमा एकै लेगले निर्णय हुँदैन भन्ने सिद्ध परेका छौं । यसपटक पनि हामी त्यसलाई निरन्तरता दिने हरप्रयास गर्नेछौं,’ उनले भने ।

रोमाले शनिबार इटालियन लिगमा किएभो भेरोनालाई ४-१ ले पराजित गरेको थियो । १० खेलाडीमा सिमित रोमाको लागि एडिन जेकोले दुई तथा प्याट्रिक सिक र स्टेफान एल सारावीले १-१ गोल गरे । यस जितसँगै रोमाले लाजियोलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको छ । लिगको तीन खेल बाँकी रहँदा रोमा पाँचौ स्थानको इन्टर मिलानभन्दा ४ अंकले अगाडी छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.