default_image

8 years ago

April 29, 2018

माइभ्याली गोल्डकपमा रियल र बार्सिलोनाको चर्चा , थ्री स्टार र मनाङ फाइनलका लागि तयार

121 views

0 Bookmark

इलाम (हाम्रो खेलकुद)– क्लब फुटबलमा रियल म्याड्रिड र बार्सिलोनालाई पछ्याउने समर्थक विश्वभर छन् । ला लिगाका यी दुई टोलीबीचको खेल एल क्लासिकोको नामले परिचित छ । विश्वस्तरका यी दुई टोलीको चर्चा इलाममा जारी चौथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताका क्रममा भएको छ ।

रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले विश्व फुटबललाई फलो गर्नेले रियल र बार्सिलोनाको खेललाई जसरी पछ्याउँछन् त्यसरी
घरेलु फुटबलमा थ्री स्टार र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको खेललाई पछ्याने बताएका छन् ।

‘ती क्लब र हाम्रो बीचमा तुलाना गर्न त सकिन्न । तर पनि विश्व फुटबलमा रियल र बार्सिलोनाको खेललाई एकदम चासोको साथ हेरिन्छ,’ केसीले हाम्रो खेलकुदसँग भने, ‘त्यस्तै नेपालका सफल टोली थ्री स्टार र मनाङबीचको खेललाई पनि चासो साथ हेरिन्छ ।’

प्रशिक्षक केसी आफै भने दुवै टोलीको खेल मन पाउँछन् ।  तर, यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा भने उनी बार्सिलोनाको पक्षमा उभिन्छन् । भन्छन्, ‘दुवैको खेल मनपर्छ । तर यी दुईबीच खेल्दा बार्सिलोना जितोस् भन्ने लाग्छ । बार्सिलोनाको खेल्दे शैली, पास र शान्तपूर्वक खेल्ने तरिका मलाई मन पर्छ ।’ उनी कहि न कहि आफ्नो प्रशिक्षणमा पनि बार्सिलानाको खेल्ने शैलीको प्रभाव रहेको केसी सुनाउँछन् ।

वर्षको पहिलो नकआउट फुटबल प्रतियोगिताका रुपमा रहेको माइभ्यालीको फाइनलमा सोमबार थ्री स्टार र मनाङ भिड्दैछन् । दुवै टोलीले उपाधि जित्ने विश्वास गरेका छन् । आइतबार आयोजित प्रि म्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक फुजा टोपेले आफ्ना खेलाडी घरेलु फुटबलका सबै उपाधि जित्न सक्षम रहेको बताएका छन् ।

‘मैले भारतको मोहम्मदिन क्लबमा हुँदा देखी नै नेपाली क्लबको खेल हेरेको थिए ,’ उनल भने, ‘मनाङ युवा खेलाडीले भरिएको अब्बल टोली हो । ’ मनाङका कप्तान विराज मर्हजनले थ्रीस्टारको बारेमा केही हदसम्म जानकारी भएकाले खेल्नलाई सहज हुने बताए । उनले भने ‘ थ्रीस्टारसंग धेरै प्रतियोगितामा प्रतिस्पर्धा गरेको कारण उनीहरुको बलियो र कमजोर पक्ष थाहा छ । १ महिना अघि नयाँ प्रशिक्षक आएपछि खेलाडीमा पनि उत्साहित छन् ।’

थ्री स्टारका प्रशिक्षक केसीले सबै खेलाडी फर्ममा रहेपनि इतिहासकै आधारमा फुटबलमा जित हार नहुने बरु त्यो दिन जसले रामे खेलन त्यहि टोली च्याम्पियन बन्ने बताउँछन् । ‘फुटबल खेलमा इतिहासले मात्र हुँदैन एउटा गल्तीले पनि खेलको नतिजामा प्रभाव पर्न सक्छ । त्यसैले शतप्रतिशत हामी जित्छौ भन्दिन, उनले भने, मनाङ युवा खेलाडीले भरिएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।’

केसीले माइभ्याली गोल्डकपमा समेत रेफ्रीहरुमा परिपक्वता नदेखिएको टिप्पणी गरे । उनले थपे ‘माइभ्याली गोल्डकपमा मात्र होइन पछिल्लो चरणमा नेपालमा आयोजना हुने खेलहरुमा रेफ्रीहरुमा परिपक्वता नदेखिदाँ खेलहरुमा विवाद निम्तियो ।’ थ्रीस्टारका कप्तान निराजन खड्काले शारिरिक र मानसिक रुपमा फाइनलका लागि टोली तयार रहेको बताए ।

आयोजक माइभ्याली फुटबल क्लबलाई हराउँदै अघि बढेको मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा हराएको थियो ।
सेमिफाइनलमा एपिएफलाई २–० ले हराउँनु अघि थ्री स्टारले अर्को विभागिय टोली नेपाल पुलिसलाई ट्राइबेकरमा ३–४ ले पराजित गरेको थियो । माइभ्याली गोल्डकपमा दोश्रो पटक भाग लिएको थ्रीस्टार पहिलो संस्करणको फाइनलमा आर्मीसंग सडन डेथमा ६–७ ले पराजित भएको थियो ।

मनाङसँग पछिल्लो वर्षको नतिजा हेर्ने हो थ्री स्टार हावी छ । पछिल्लो वर्ष दुई फाइनलसहित सबै पाँच खेलमा थ्री स्टारले मनाङलाई हराएको थियो । गत वर्षको दोस्रो सर्वाधिक सफल टोली थ्री स्टारले पाँच उपाधि जितेको थियो भने मनाङले दुई वटा उपाधिमा चित्त बुझाएको थियो ।

थ्री स्टारले मनाङलाई मदन भण्डारी इटहरी गोल्ड कप र बुटबलको मदन भण्डारी गोल्ड कप दुवैको फाइनलमा हराएको थियो । त्यस्तै थ्री स्टारले विराट गोल्ड कपको क्वार्टरफाइनल, तिलोत्तमा गोल्डकप र चितवनको विकास रनिङ शिल्गडको सेमिफाइनलमा पनि मनाङलाई पराजित गरेको थियो ।

माइभ्याली गोल्डकपको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ र दोस्रो हुने टोलीले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल पाउने प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५, उदयीमान खेलाडीले २० तथा अन्य विधागत उत्कृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.