8 years ago
April 29, 2018
म्यानचेस्टर (एजेन्सी) – आर्सनलका प्रशिक्षक आर्सेन वेंगरलाई म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले आइतबार विशेष उपहार दिएका छन् । फ्रान्सेली प्रशिक्षक वेंगरले आर्सनल प्रशिक्षकका रुपमा अन्तिम पटक ओल्ड ट्राफर्डमा टोलीको प्रशिक्षकत्व सम्हाल्दै छन् ।

वेंगरले यसै महिनाको सुरुआतमा २२ वर्षपछि आर्सनलको प्रशिक्षकको जिम्मेवारी यस सिजनको अन्त्यसँगै छाड्ने बताएका थिए । आइतबारको खेल वेंगरको करियरमा २८ औं पटक ओल्ड ट्राफर्डमा खेलिएको हो । युनाइटेडले वेंगरको सम्मानमा खेल सुरु हुनुअघि कार्यक्रम राखेको थियो ।
खेलको सुरुआतमा वेंगर टनलबाट मैदान प्रवेश गर्ने क्रममा रंगशालामा उपस्थित समर्थकले उनलाई ताली बजाएर स्वागत गरेका थिए । दुवै टोली मैदानमा प्रवेश गरेपछि प्रशिक्षक बस्ने टेक्निकल एरियामा उनलाई फर्गुसनले विशेष उपहार दिएका थिए ।

त्यसै समयमा युनाइटेडका अहिलेका प्रशिक्षक जोसे मोउरिन्होले पनि केहि शब्द बोल्दै हात मिलाएका थिए । वेंगरसँग आर्सनलका पूर्व खेलाडी तथा युनाइटेडका विंगर एलेक्सीस स्यान्चेजले पनि अंकमाल गरे । युनाइटेड र आर्सनल दुवै तर्फका समर्थकले सामाजिक संजालमार्फत यस कार्यक्रमको प्रशंसा गरेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]