8 years ago
April 30, 2018
म्यानचेस्टर (एजेन्सी)–मराउने फेलानीले इन्जुरी समयमा हेड गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार आर्सनललाई २–१ ले हराएको छ । युनाइटेडले १६ औं मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता लिएको थियो । उनले नजिकबाट भलीमा गोल गरेका थिए ।
तर, एलेक्स सान्चेजको हेड पोस्टमा लागेर फर्कियो । दोस्रो हाफको छैटौं मिनेटमा युनाइटेडका पूर्व खेलाडी हेरिक मखाटेरियनले आर्सनलका लागि बराबरी गोल फर्काएका थिए । १–१ को बराबरीपछि युनाइटेडका लागि मार्कुस रासफोर्डले गोल गरेपनि त्यसलाई रेफ्रीले अफसाइड लिए ।
परिवर्तित फेलानीको गोलमा युनाइटेडेड जित दर्ता गरायो । दोस्रो स्थानको युनाइटेडले लिभरपुलमाथि ५ अंकको स्पष्ट अग्रता लिएको छ । आर्सनल छैटौं स्थानमा छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीले यो पटक प्रिमियर लिग उपाधि पक्का गरिसकेको छ ।
आइतबारकै अर्को खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ४–१ ले हरायो । सिटीका लागि लेरोय राने, गाब्रियल जिसस र फेर्नाडिन्होले गोल गरे भने पाब्लो जाबालेटाले आत्मघाती गोल गरे । वेस्टह्यामका लागि आरोन क्रेसवेलले गोल गरे । सिटीको ९३, युनाइटेडको ७७ र लिभरपुलको ७२ अंक छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]