8 years ago
April 30, 2018
बार्सिलोना (एजेन्सी) – स्टार फरवार्ड लिओनेल मेसीको ह्याट्रिकको मदतले डेपोर्टिभोलाई ४-२ ले पराजित गर्दै बार्सिलोनाले २५ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । मेस्सीको तीनओटै गोलमा अर्का फरवार्ड लुइस सुआरेजले पास उपलब्ध गराएका थिए ।

खेलको सातौं मिनेटमा बार्सिलोनाले फिलिपे कोउटिन्होको गोलमा अग्रता लिएको थियो । ३८ औं मिनेटमा मेस्सिले बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले सुआरेजको पासलाई उत्कृष्ट भली प्रहार गर्दै गोलमा परिणत गरेका थिए । त्यसको दुई मिनेटमा लुकास पेरेजले डेपोर्टिभोको लागि गोल फर्काए ।पहिलो हाफमा २-१ ले अगाडी रहेको बार्सिलोनाले दोस्रो हाफमा भने सुरुआतमै गोल खान पुग्यो ।
दोस्रो हाफको ६४ औं मिनेटमा एम्रे कोलाकले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले सेल्सो बोर्जेसको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । मेस्सीले ८२ औं मिनेटमा सुआरेजसँग वन-टु पास खेल्दै गोल गरेपछि बार्सिलोनाले अग्रता लियो । त्यसको तीन मिनेटपछि सुआरेजकै पासमा गोल गर्दै मेस्सीले बार्सिलोनाको जित सुनिश्चित गरे ।

मेस्सीले ह्याट्रिकसँगै जारी सिजनको लिग गोल संख्या ३२ पुर्याएका छन् । उनले युरोपमा सर्वाधिक गोल गर्ने सुचिमा मोहमद सलाहलाई १ गोलले पछाडी पारे । यससँगै ला लिगमा लगातार ७ सिजन ३० भन्दा बढी गोल गर्ने मेस्सी पहिलो खेलाडी पनि बने । जारी सिजन बार्सिलोनाको उपाधि दौडमा मेस्सीको प्रदर्शन नै लिग उपाधि छिनोफानोमा निर्णायक रहयो ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]