default_image

8 years ago

May 1, 2018

एन्फा चुनाव थप अन्योलमा

113 views

0 Bookmark

अध्यक्षका उमेदवार कुँवर भन्छन्ः निर्वाचन २२ गते नै किन ?

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पदका प्रत्यासी सस्थापन पक्षका मणि कुँवरले २२ बैशाखको लागि तय भएको एन्फाको चुनावी साधारणसभा कुनै पनि हालतमा मान्य नहुने बताएको छ ।

Mani Kunwar

पटक–पटक सरेको एन्फाको चुनावी साधारणसभा नजिकिदै गर्दा अध्यक्षका प्रत्यासीबाट यस्तो खालको प्रतिक्रिया आएपछि आसन्न २२ बैशाखलाई तय भएको एन्फाको चुनावी साधारणसभा थप अन्योलता बढेको छ । एन्फाका वरिष्ठ उपाध्यक्षसमेत रहेका मणि कुँवरले मंगलबार राजधानीमा पत्रकार सम्मेलको आयोजना गर्दै २२ बैशाखमा हुन लागेको चुनाव एन्फाको विधि र विधानसम्मत् नभएको भन्दै चुनाव आफूहरुलाई मान्य नहुने बताएको हो । उनले पटकपटक सरेको चुनाव षड्यन्त्रपूर्वक गरिन लागेको आरोप समेत लगाए । ‘हामीले एन्फाको चुनाव रोक्न खोजेका हैनौ । चुनाव विधिसम्मत र एन्फाको विधान अनुरुप मात्रै हुनुपर्छ भन्न खोजेका हौं ।’ अध्यक्षका प्रत्यासी कुँवरले भने, ‘एन्फाको कार्यसमितिमा म आँफै छु । विधि र विधान विपरित चुनाव हुन लागेको म आफैले पत्रपत्रिका हेरेर थाहा पाउनुपर्ने ? यो सरार षड्यन्त्रमुलक रुपमा हुन लागेको हो । त्यसैले २२ बैशाखको निर्वाचन हाम्रो लाग कुनै पनि हालतमा मान्य हुने छैन ।’ एन्फाको विधि र विधान अनुरुप एन्फाको निर्वाचन नहुने हो भने २२ गते नै किन ? २१ गते छ, २३ गते पनि थियो । उनले प्रति प्रश्न गरे । एन्फा निर्वाचनबारे उच्च अदालत पाटनले यसअघि दिएको अन्तरिम आदेश वैशाख १२ मा खारेज गरेपछि स्थगित भएको निर्वाचन वैशाख २२ गते हुने मिति तय भएको थियो ।

‘हामीले निर्वाचन समितिमा अपिल गरेका छौं । अदालतमा मुद्दा परेपछि कार्यसमितिले पहिले गरेको निर्णय बे्रक भएको र विधानअनुसार फेरि कार्यकारी समितिले ६० दिने नोटिस जारी गर्नुपर्ने कुँवर पक्षको माग छ । उनले निर्वाचनमा जसले जितेपनि फुटबलले नै जित्नुपर्ने बताउदै कुनै पनि स्थितिमा चुनाव गराउने षड्यन्त्र भए यो नेपाली फुटबलको लागि राम्रो नहुने बताए । ‘सहमति र विधान सम्मत नभएका कारण मात्रै हामीले आपत्ति जनाएका हौं । हामी नेपाली फुटबललाई निलम्वन र फुटबललाई ठप्प पार्न पक्षमा छैनौ ।’ कुँवरले भने, ‘यस विषयमा हामीले ९ गते निर्वाचन समिति र दुई पक्षबीच छलफ पनि ग¥यौं । उनीहरुले २२ गतेलाई नै अडान लिएपछि म बाहिरिएको हुँ । यो निर्वाचनलाई म कुनै पनि हालतमा मान्दिन ।’

कुँवरले पत्रकार सम्मेलनमा एन्फाको विधान राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अहिलेसम्म पारित नगरेको आरोप लगाए । ‘राष्ट्रिय खेलकुद परिषद्को संघ संस्था ऐनअन्तर्गत कुनैपनि संघ संस्थाको विधान राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत हुनुपर्छ भनेर प्रष्ट छ ।’ कुँवरले भने, ‘राष्ट्रिय खेलकुद परिषद्ले सबै संघसंस्थालाई स्वतन्त्र दिएर विधान स्वीकृति नगर्नु पर्ने नयाँ नियम निकालेको छ भने मलाई जानकारी छैन । एन्फाको बारेमा मलाई जानकारी आएसम्म अहिलेसम्म विधान पास भएको छैन ।’

कुँवरले पत्रकार सम्मेलनमा यसो भनिरहँदा राष्ट्रिय खेलकुद परिषद्को मिति २०७४ फाुगन १८ गतेको निर्णयले एन्फाले पठाएको संशोधित विधान पारित गरेको देखाएको छ । राखेपअन्तर्गत संघसंस्था समन्वय विभाग प्रमुख डेम बहादुर बस्नेतले एन्फाको संशोधित विधान पास गरेर पठाइसकेको छ ।

यता, परिवर्तन पक्षधरबाट अध्यक्षका प्रत्यासी कर्मा छिरिङ शेर्पाले एन्फाको निर्वाचन २२ बैशाखमै हुने दावी गरे । ‘अब एन्फाको निर्वाचन रोक्नुपर्ने कुनै कारण नै छैन । अदालतको विषय पार लागेको छ । राष्ट्रिय खेलकुद परिषदबाट पनि विधान पास भएको अवस्था छ ।’ कर्माले भने, ‘सबै प्रक्रिया पूरा हुदा एन्फाको चुनाव रोकिनु पर्ने कुनै कारण देख्दिन । असहमतिको कुरा छ भने साधारण सभा राख्नुपर्छ । हार्ने डरले कुनै पनि बहान बनाउनु हुदैन ।’

भक्तपुर जिल्ला फुटबल संघका तत्कालिन अध्यक्ष गौतम सुजुख र मकवानपुर जिल्ला फुटबल संघका तत्कालिन उपाध्यक्ष मनिष श्रेष्ठले आफ्नो जिल्लामा निर्वाचन नभएकाले केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदा आफ्नो प्रतिनिधित्व नभएको भन्दै मुद्दा दर्ता गराएपछि उच्च अदालत पाटनका न्यायाधीश राजकुमार वनको एकल इजलासले निर्वाचन नगराउन उच्च अदालत पाटनले गत चैत ७ गते एन्फाको १६ औं साधारणसभा तथा कार्यसमिति निर्वाचन नगर्न अन्तरिम आदेश दिएपछि गत वर्ष चैत १४ गते तय भएको निर्वाचन स्थगित भएको थियो ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.