8 years ago
May 6, 2018
बार्सिलोना (एजेन्सी) – यस सिजनको अन्तिम एल कासिकोमा आज बार्सिलोनाको घरेलु मैदानमा रियल म्याड्रिड भिड्दैछ । स्पेनिस फुटबलको बहुप्रतिक्षित खेल एल क्लासिकोमा धेरैको नजर रियलका फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीमा हुनेछ ।
विश्व फुटबलका दुई स्टार रोनाल्डो र मेस्सीले फुटबलको धेरै जसो कीर्तिमान एकअर्काबीच राखेका छन् । यस युगकै उत्कृष्ट फुटबलरको रुपमा दुवै खेलाडी चिनिन्छन । आज राती नेपाली समयानुसार १२:३० मा सुरु हुने एलक्लासिकोमा ३३ वर्षीय पोर्चुगेली फरवार्ड रोनाल्डो र ३० वर्षीय अर्जेन्टिनी स्ट्राइकर मेस्सी आमने-सामने हुँदैछन्।
एल क्लासिकोमा दुई खेलाडीको आँकडा कस्तो छ ?
कसले जितेका छन् धेरै खेल ?
एल क्लासिकोमा अहिलेसम्म दुई खेलाडीको सहभागिता हेर्दा क्रिस्टियानो रोनाल्डो भन्दा लियोनल मेस्सीले धेरै खेल जितेका छन् । मेस्सीले ३९ एल क्लासिकोमा १७ मा जित र १२ मा हार बेहोरेका छन् । रोनाल्डोले भने २९ खेलमा ८ मा मात्र जित हासिल गरेका छन्, १४ खेलमा पराजय भोगेका छन् ।
कसले गरेको छ एल क्लासिकोमा धेरै गोल ?
दुई खेलाडीलाई हेर्ने हो भने एल क्लासिकोमा रोनाल्डोभन्दा मेस्सीले धेरै गोल गरेका छन् । रोनाल्डोले २९ खेलमा १७ गोल गरेका छन् भने मेस्सीले ३७ खेलमा २५ गोल गरेका छन् ।
कसको नाममा धेरै असिस्ट ?
एल क्लासिकोमा तथ्याङ्क हेर्ने हो भने मेस्सी रोनाल्डो भन्दा धेरै अगाडि छन् । रोनाल्डोले २९ खेलमा १ गोलमा मात्र सहयोग गरेका छन् भने मेस्सीले ३७ खेलमा १४ असिस्ट गरेका छन् ।
गोल डट कमको तथ्याङ्कमा आधारित
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]