default_image

8 years ago

May 7, 2018

म्यानचेस्टर सिटीले उपाधि उचाल्यो

135 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले अाइतबार प्रिमियर लिग उपाधि उचालेको छ । यसअघिनै लिग उपाधि जित्ने पक्का भएको सिटीले घरेलु मैदानमा ट्रफी उठाएको हो ।

हडर्सफिल्ड टाउनसँग गोलरहित बराबरी खेल्दै सिटीले उपाधिको खुसी बाँडेको थियो । ३६ खेलमा ९४ अंक जोडेको पेप गुअार्डीअोलाको टोलीले प्रिमियर लिगमा नयाँ इतिहास रच्न भने अर्को खेल कुर्नुपर्ने भएको छ । गोलरहित बराबरीमा रोकिएका कारण अाइतबार सिटीले नयाँ कीर्तिमान बनाउन सकेन ।

सिटीले अब बाँकी रहेका दुई खेलमा एक जित हात पारे प्रिमियर लिगमा सर्वाधिक अंक बटुल्ने कीर्तिमान अाफ्नो नाम गर्नेछ ‌। यसबाहेक सर्वाधिक गोल गर्ने इतिहास रच्न मौका पनि सिटीसामु रहेको छ । सिटीले अब दुवै खेल तुलनात्मक रूपमा धेरै कमजोर टोलीसँग खेल्ने हुनाले नयाँ कीर्तिमान कायम हुने अपेक्षा गरिएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.