default_image

8 years ago

May 7, 2018

रोनाल्डोको चोट कस्तो ?

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एल क्लासिकोमा रियल म्याड्रिडका लागि १४ औं मिनेटमा गोल गर्ने क्रममा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खुट्टाको जोर्नीमा चोट बोकेपनि उनी दोस्रो हाफको सुरुआतमा मात्र परिवर्तित भए। 

ronaldo injured

यो सिजन ४२ खेलमा रियलका लागि ४३ गोल गरिसकेका रोनाल्डो च्याम्पियन्स लिगको फाइनलमा फिट हुने वा नहुनेमा सबैको चिन्ता छ। तर रियलका प्रशिक्षक जिनेदीन जिदान भने फाइनललाई लिएर चिन्तित छैनन्।

जिदानले बार्सिलोनासँगको २-२ को बराबरी पछि भने, “फाइनललाई लिएर चिन्तित छैनौं। रोनाल्डो अहिले फिट छैनन् तर मेरो विचारमा यो सानो चोट मात्र हो। ”

त्यस्तै प्रशिक्षक जिदानले जोर्नीको स्क्यान पछि मात्र रोनाल्डोको चोटको पूर्ण विवरण दिनसक्ने बताए, “अहिले  उनी कति समय मैदान बाहिर रहनेछन् भन्न सक्दिन, भोलीको स्क्यानपछि त्यसको पत्ता लग्नेछ ।”

रियल म्याड्रिड फाइनलमा लिभरपुललाई पराजित गर्दै लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न प्रयासरत रहनेछ। युक्रेनको राजधानी किभमा मे २६ मा च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल र रियल भिड्दैछन्।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.