8 years ago
May 8, 2018
लन्डन (एजेन्सी) – जर्मन राष्ट्रिय टोली एवं आर्सनल मिडफिल्डर मेसुट ओजिल हाल घाइते भएपनि विश्वकपका लागि फिट हुने खेलाडी आफैंले बताएका छन् । ढाडको समस्याले प्रिमियर लिगका बाँकी खेलमा उपस्थित नहुने पक्का भएपछि ओजिल्ले आफु विश्वकपका लागि भने तयार रहने बताएका हुन् ।

ओजिलले आइतबार भएको बर्नलीविरुद्धको प्रिमियर लिग खेल गुमाएका थिए । उक्त खेलपश्चात प्रशिक्षक आर्सेन वेंगरले ओजिलले सिजनका बाँकी खेलमा उपस्थिति नजनाउने पक्का गरेका हुन् । उनको यस खबरले जर्मन मिडियामा भने विश्वकप संकटमा पर्नेजस्ता खबर पनि आएका थिए । उनले ट्वीटरमार्फत लेख्दै विश्वकपसम्म ठिक हुने बताएका छन् ।
‘ ढाडको चोटका कारण मैले बर्नलीसँगको खेल गुमाउनु पर्यो । पुरै ठिक हुन अझै केहि समय लाग्ने छ । तर म विश्वकपका लागि पूर्णरुपमा फिट हुनेमा विश्वस्त छु,’ उनले बताए । विश्वकपको पछिल्लो संस्करणमा जर्मनीले उपाधि जित्दा ओजिल टोलीका महत्त्वपूर्ण खेलाडी थिए ।

यसपटक पनि जर्मनीलाई उपाधिको दावेदारको रुपमा हेरिएको छ । गत वर्ष युवा खेलाडीकै भरमा जर्मनीले फिफा कन्फेडेरेसन कपको उपाधि जितेको थियो । सिनियर खेलाडीलाई विश्राम दिएको उक्त प्रतियोगितामा युवा टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । यसपटक टोनी क्रुस, लेरोय साने, म्याट्स हमल्स, लगायतका खेलाडी क्लबका लागि राम्रो प्रदर्शन गरिरहेका हुनाले पनि जर्मनीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]