default_image

8 years ago

May 8, 2018

बार्सिलोनाका अध्यक्ष र ग्रिज्मनको एजेन्टबीच भेटघाट

110 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले यसै सिजन एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिज्मनको एजेन्टलाई भेटेको स्वीकारेका छन् । यद्यपी उनले ग्रिज्मनको बार्सिलोनामा भविष्य रहेको वा नरहेको बारे केहि खुलाउन चाहेनन् ।

यहि जनवरीमा बार्सिलोनाले २७ वर्षीय फ्रान्सेली फरवार्ड ग्रिज्मनसँग कुनै सम्झौता नभएको भन्दैविज्ञप्ति जारी गरेको थियो । डिसेम्बरमा एटलेटिको म्याड्रिडले फिफामा बार्सिलोनाले अवैध तरिकाले ग्रिज्मनलाई भित्र्याउन खोजेको भन्दै उजुरी जारी गरेपछि बार्सिलोनाले त्यसलाई नकारेको थियो । यद्यपी बार्टोमेउले ग्रिज्मनको एजेन्टलाई भने आफूले भेटेको बताएका छन् ।

‘ हामीले गत अक्टोबरमा सानो भेटघाट गरेका थियौं । सामान्य भेटघाट बाहेक हामीले केहि कुरा गरेका छैनौं । यसलाई ठूलो सोचमा परिणत हुने सम्भावना निकै कम छ,’ उनले भने । ग्रिज्मनले सन् २०२२ सम्मका लागि अनुबन्धन गरिसकेको हुनाले त्यसपश्चात उनीसँग बोलचाल नभएको पनि बताए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.