default_image

8 years ago

May 9, 2018

पिएसजी कप्तानले पराजित टोलीका कप्तानलाई उपाधि उचाल्न निम्त्याए

121 views

0 Bookmark

पेरिस (एजेन्सी) – फ्रान्स फुटबल लिगको तेस्रो डिभिजन क्लब लेस हर्बियर्सलाई २-० ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मंगलबार फ्रेन्च कपको उपाधि उचाल्यो । यसक्रममा उपाधि उचाल्ने बेलामा पिएसजीका कप्तान थियागो सिल्भाले विपक्षी कप्तानलाई पनि उपाधि उचाल्ने निम्तो दिए ।

स्टार फरवार्ड नेयमारको अनुपस्थितिमा उत्रिएको फ्रान्सेली लिग च्याम्पियन टोलीले पुरै समय खेल अाफ्नो पकडमा राखेको थियो । २६ अौं मिनेटमा थियागो मोट्टाको पासमा जिअोभानी ले सेल्सोले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको ७४ अौं मिनेटमा एडिन्सन काभानीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

तेस्रो डिभिजनको क्लब भएपनि हर्बियर्सले ठूला क्लबलाई पन्छाउँदै फाइनलसम्म पुगेको थियो । सिल्भाले लेस हर्बियर्सका कप्तान सबास्टियन फ्लोचोनलाई उपाधि उठाउन आमन्त्रण गरेका थिए । फ्रान्सको राष्ट्रपति समेत उपस्थित उक्त कार्यक्रममा गरेको व्यवहारले सिल्भाले विश्व फुटबल जगतमा प्रशंसा पाइरहेका छन् ।

पिएसजीको जारी सिजनमा यो तेस्रो घरेलु उपाधि हो । उपाधि उचाल्ने कार्यक्रममा नेयमार पनि उपस्थित थिए । एक महिना ब्राजिलमा रहेर चोटबाट ठिक हुने प्रयासमा रहेका नेयमार विश्वकपमा फिट हुने अनुमान गरिएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.