default_image

8 years ago

May 9, 2018

रोनाल्डोले बार्सिलोनाविरुद्धको खेलमा किन खुसियाली मनाएनन् ?

105 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले यहि साता बार्सिलोनाविरुद्धको एल क्लासिकोमा महत्वपूर्ण गोल गरेपनि त्यसमा उनले खुसीयाली मनाएनन् । २–२ को बराबरीमा सकिएको खेलमा रोनाल्डोले बार्सिलोनाविरुद्ध पहिलो गोल गरेका थिए । उनले गोलको खुसियाली नमनाउँदा धेरैले आश्चार्य पनि मानेका थिए ।

बार्सिलोनाका रक्षक जेरार्ड पिकेले पटक पटक ट्याकल गर्दा चोटग्रस्त बनेका रोनाल्डोले त्यहि कारणले खुसीयाली नमनाएको कतिपयले अनुमान गरेका थिए । उनले करिम बेन्जिमाको क्रसमा गोल गरेका थिए । तर, ३२ बर्षे स्टारले भावुक हुँदै गोलको खुसियाली नमाउनुको कारण बताएका छन् ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक एलेक्स फर्गुसनलाई अचानक ब्रेन ह्यामरेज भएर उपचारका क्रममा रहेकोले खुसियाली नमनाएको बताएका छन् । ‘जसले मलाई फुटलब सिकाए । उनी अस्वस्थ्य रहँदा म कसरी खुसीयाली मनाउन सक्छु,’ किन गोलको खुसियाली मनाएनौं भन्नेमा युनाइटेडका पूर्व स्टारको जवाफ थियो ।

फर्गुसनको अवस्थामा सुधार भइरहेको बताइएको छ । रोनाल्डोको रियल लगातार तेस्रो पटक च्याम्पियन्स लिग फाइनलको तयारीमा रहेको छ । रियलले फाइनलमा इङ्लिस क्लब लिभरपुलको सामना गर्नेछ । मे २७ मा हुने फाइनलका लागि रोनाल्डो फिट हुने अपेक्षा गरिएको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.