default_image

8 years ago

May 9, 2018

‘युनाइटेडलाई कप्तानीको गर्दा गर्व लागेको छ’– पोग्बा

127 views

0 Bookmark

म्यानचेष्टर (एजेन्सी)– म्याचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बाले केहि खेलमा कप्तानको आर्मब्यान्ड लाउन पाउँदा गर्व लागेको बताएका छन् ।

‘कप्तानको आर्मब्यान्ड लगाउन पाउँदा गर्व महसुस गरे । त्यस्तै क्लबको जर्सी र ओल्र्ड ट्राफोर्डमा खेल्न पाउँदा त्यस्तै अनुभव हुन्छ,’ पोग्बाले भने, ‘म यहाँ एकेडेमीमा आएको थिए । युनाइटेडको पहिलो रोजाइको टोलीबाट खेल्ने सपना थियो । त्यो पुरा भएको छ । यसमा लाई अत्ति नै गर्व छ ।’

क्लबका नियमित कप्तान माइकल कारिक नखेलेका अवस्थामा युनाइटेडले अन्य खेलाडीलाई पालैपालो टोलीको कप्तानी गर्ने मौका दिएको थियो । त्यसमध्ये फ्रान्सेली पोग्बा पनि एक हुन् । पोग्बाको कप्तानमा युनाइटेडले बासेलविरुद्धको च्याम्पियन्स लिग फाइनल खेलेको थियो । त्यस्तै प्रिमियर लिगमा पोग्बाले साउथह्याम्पटन र एभर्टसँगको खेलमा कप्तानी गरेका थिए ।

पोग्बाले अहिले आफ्नो फर्मबाट पनि खुसी रहेको बताए । ‘ठूलो चोटका कारण मैले धेरै खेल गुमाए । तर अहिले निकै आराम महसुस गरेको छु,’ पोग्बाले भने, ‘जसले गर्दा मैले धेरै एसिस्ट गर्न सकेको छु । गत सिजन जस्तो मैले यो पटक क्रसबार र पोस्टमा हानेको छैन । त्यसैले म खुसी छु । केहि गोलमा मेरो भूमिका रह्यो , त्यसमा झनै खुसी छु ।’

जनवरीमा एलेक्सेस सान्चेजको आगमनपछि केहि महिना पोग्बाको प्रदर्शन सन्तोषजनक रहेन । तर, बिस्तारै उनी फर्ममा फर्केका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.