8 years ago
May 11, 2018
बार्सिलोना (एजेन्सी) – युरोपियन गोल्डेन बुट जित्नका लागि लिभरपुलका मोहम्मद सालाहले सामान्य प्रदर्शन गरेर मात्र पुग्ने अवस्था छैन । बार्सिलोनाका लियोन मेस्सी अहिले पनि उनी भन्दा ३ गोलले अगाडि छन् । मेस्सीको ३४ र सालाहको ३१ गोल छ ।
यद्दपी सालाहका लागि गोल्डेन बुट जित्न असम्भव नभएपनि सहज भने छैन । पछिल्लो केहि साता मेस्सीको तुलानमा उनको प्रदर्शन केहि खस्केपछि गोल्डेन बुट जित्ने सम्भावना कमजोर भएको छ ।
पछिल्ला ३ खेलमा मेस्सीले ५ गोल गर्दा इजिप्टियन सालाहले ३ गोल मात्र गरे । गोल्डन बुटको दाबेदारका रुपमा आफुलाई उभ्याउन प्रिमियर लिगमा टोलीको अन्तिम खेलमा सालाहले कम्तीमा ३ गोल गर्नुपर्नेछ । त्यति हुन सक्दा उनले मेस्सीसँग संयुक्त रुपमा अवार्ड प्राप्त गर्नेछन् ।
तर, त्यसका लागि साहालले गोल गरेर मात्र पुग्न छैन , ला लिगामा अर्जेन्टिनी स्टारले गोल नगरेको हुनुपर्नेछ । मेस्सीलाई अन्तिम दुई खेलमा गोल गर्नबाट रोक्न सहज हुने छैन ।
एएस रोमाका पूर्व खेलाडी साहालले प्रिमियर लिगमा भने गोल्डन बुट पक्का गरिसकेको छन् । दोस्रो स्थानका हेरि केनलाई उनले निकै पछि छाडेका छन् । युरोपिन गोल्डेन बुटका अर्का दाबेदर बायर्न म्युनिखका रोर्बेट लेवान्डोवेस्की र लाजियोका किरो इमोबिली छन् । दुवैले समान २९ गोल गरेका छन् ।
पेरिस सेन्ट जर्मेनका इन्डिन्सन काभानी २८ गोलसहित पाँचौं स्थानमा छन् । सिजनका बाँकी खेलमा उनीहरुले धेरै गोल गरेर गोल्डेन बुट जित्ने सम्भावना कम छ । त्यस्तोमा मेस्सीले पाँचौं पटक गोल्डेन बुट जित्नेछन् । जुन आफैमा कीर्तिमान हो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]