default_image

8 years ago

May 13, 2018

नेयमारको सम्भावित सरुवामा कस कसको भूमिका रहन सक्छ ?

123 views

0 Bookmark

पेरिस (एजेन्सी)– केहि महिना यता नेयमार रियल म्याड्रिड जाने चर्चा व्यापक रुपमा चलेको छ । यहि बेला उनी चोट मुक्त भएर विश्व कपका लागि ब्राजिलियन टोलीमा फर्कन आतुर पनि छन् । 

उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) भने फर्कन इच्छुक नरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरिहेका छन् । उनी रियल जान चाहिरहेको दाबी गरिएको छ । उनी रियल पुग्ने नपुग्ने विषयमा तीन व्यक्तिको भने महत्वपूर्ण भूमिका रहने बताइएको छ । तीनहरु हुन् ।

जुनी कालाफाट


रियलका लागि खेलाडी सरुवामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका कालाफा केहि महिना यता नेयमारको सम्पर्कमा रहेको बताइएको छ । नेयमार रियल पुगे भने त्यहाँ उनको भूमिका पक्कै रहने बताइएको छ । केहि महिनायता उनी पटक पटक ब्राजिल पुगेको बताइएको छ । नेयमार पनि उपचारका क्रममा केहि सातायता स्वदेशमै रहेका छन् ।

पिनी जाहाभी


नेयमारको भविष्यका बारेमा निर्णय गर्नेमा जाहाभीको भूमिका उनको पिताको भन्दा बढी रहने बताइएको छ । सरुवा बजारमा जाहाभीको ठूलो नाम छ । युरोपका ठूला सम्झौतामा उनको भूमिका रहँदै आएको छ । नेयमार पिएसजीबाट पुनः स्पेन फर्के भने त्यहाँ जाहाभी निर्णायक बन्न सक्दछन् ।

नासेर अल खेलिफा


पिएसजीका अध्यक्ष खेलिफालाई पनि २६ वर्षे नेयमार अब पेरिस बस्न चाहँदैनन भन्ने राम्रो जानकारी छ । त्यसैले खेलिफाले नेयमारको भविष्यका विषयमा जाहाभीसँग छलफल गर्ने तयारीमा छन् । नेयमार विक्रीमा छैनन् भन्ने पिएसजीले प्रष्ट पारे पनि उनी आफै त्यहाँ बस्न चाहिरहेका छ्रनन् । त्यसैले त्यसको समाधान खेलिफाले खोज्नुपर्ने अवस्था छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.