8 years ago
May 12, 2018
इस्तानबुल (एजेन्सी) – खेलको दौरान सहायक रेफ्रीको निर्णयमा आपत्ति जनाउँदै उनलाई धकेलेका कारण बार्सिलोनाबाट लोनमा बासकसेइर पुगेका मिडफिल्डर अर्डा टुरानलाई टर्किस फुटबल फेडेरेसनले १६ खेलको प्रतिबन्ध लगाएको छ । टर्किस फुटबलको अनुशासन समितिले गत साता भएको घटनालाई कडा रुपमा हेर्दै अर्को सिजनको मध्यभाग सम्म टुरानलाई प्रतिबन्ध लगाएको हो ।

अनुशासन समितिले गरेको निर्णयअनुसार १६ खेलमध्य १० खेल रेफ्रीलाई आक्रमण गरेको कारण भएको हो । बाँकि ३ खेल रेफ्रीको अपमान भएको र ३ खेल रेफ्रीलाई धम्क्याएका कारण लागेको हो । उनले प्रतिबन्धसँगै ४० हजार टर्किस लिरा पनि तिर्नुपर्ने भएको छ । टुरानसँगै अर्का मिडफिल्डर जोसे मार्सियोले पनि ४ खेल प्रतिबन्ध र २६ हजार लिरा जरिवाना तिर्नुपर्ने भएको छ ।
सिभास्पोरविरुद्धको खेलको अन्तिम समयमा रेफ्रीले दिएको निर्णयमा आपत्ति जनाउँदै टुरानले सहायक रेफ्रीलाई धकेलेका थिए । रेफ्रीले उनलाई तुरुन्तै रातो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए । उनले मैदानबाहिर जाने क्रममा पनि लगातार अपशब्द बोलेको अनुशासन समितिले जनाएको छ ।

टुरान सिजनको सुरुआतमा बार्सिलोनाबाट बासकसेइरमा आयका हुन् । बार्सिलोनामा अधिकांश समय बेन्चमै बस्नु पारेको कारण उनले टर्कीमा फर्कने विकल्प रोजेका थिए । अब यस प्रतिबन्धका कारण उनले अर्को सिजन नयाँ टोलीमा जाने सम्भावना घटेको छ । कम्तिमा जनवरीसम्म टुरान बार्सिलोनामै रहने छन् । उनले स्पेनिस लिगमा पनि प्रतिबन्ध भोग्नुपर्ने भएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]