8 years ago
May 12, 2018
युभेन्टस (एजेन्सी)– च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल म्याड्रिडलाई पेनाल्टी दिँदा रेफ्रीप्रति आक्रोशित युभेन्टसका गोलकिपर जियालुइजी बुफोनलाई युइएफएले कारबाही गर्ने भएको छ।
अघिल्लो महिना क्वाटरफाइनलमा रियलले पेनाल्टी पाउँदा बुफोनले खेलको अन्तिम समयमा रातो कार्ड पाएपछि युभेन्टस प्रतियोगिताबाट बाहिरिएको थियो ।
पहिलो लेगमा ३–० ले पछि परेपनि दोस्रो लेगमा ३–३ बनाउँदै युभेन्टसले खेल अतिरिक्त समयतर्फ लैजाने प्रयास गरेको थियो । तर, रियलले इन्जुरी समयमा पेनाल्टी पाएपछि बुफोन आक्रोशित भएका थिए।
युभेन्टसका मेडी बेनातीले लुकास भासक्वेजलाई लडाएपछि माइकल ओलिभरले रियललाई पेनाल्टी दिएका थिए । त्यसै निर्णयप्रति आक्रोशित हुँदै लामोसमय रेफ्रीसँग विवाद गरेका बुफोनले रातो कार्डपनि पाए। बुफोनले खेलपछि पनि रेफ्रीविरुद्ध बोलेका थिए।
सोही घटनामा युरोपियन फुटबल निकाय युइएफएले बुफोनलाई कारबाही गर्ने भएको छ । मे ३१ मा युइएफएले बुफोनको मुद्दामा सुनावाही गर्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]