8 years ago
May 12, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदान सेन्टीएगो बर्नेबाउमा सेल्टा भिगोलाई निम्त्याउँदा क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोस रियलको टोलीमा हुने छैनन्। बर्नेबाउमा यो सिजनको अन्तिम ला लिगा खेल हो।
एल क्लासिकोको पहिलो हाफमा चोट बोकेका क्रिस्टियानो रोनाल्डो त्यस खेल यता प्रशिक्षणमा छैनन्। त्यस्तै प्रशिक्षक जिनेदिन जिदानले रामोसलाई पनि विश्राम दिने भएका छन्। रियलले च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलको प्रतिस्पर्धा गर्दैछ। रोनाल्डो फाइनल खेलसम्म फिट भैसक्नेमा रियलका प्रशिक्षक जिदान विश्वस्त छन्।
सेल्टासँगको खेलमा इसको भने चोटपछि पुन फर्कनेछन्। उनी जिदानले सार्वजनिक गरेको टोलीमा समावेश छन्।
गोलकिपर : नाभास, कासिला, लुका
डिफेन्डर : भालेजो, भारान, नाचो, मार्सेलो, थियो, आर्च्राफ
मिडफिल्डर : क्रुस, मोड्रिच, कासामीरो, असेन्सियो, इसको, कोभाकिच
स्ट्राइकर : बेन्जेमा, बेल, लुकास भास्केस, मायोरल
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]